सारदा प्राविको हिरक महोत्सवको अवसरमा तीन लाख ६२ हजार को अक्षष कोष स्थापना


भोजपुर, १० माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ खोङटाङको सारदा प्राथमिक विद्यालयको ६३ औँ जन्मजयन्ती तथा हिरक महोत्सव सम्पन्न भएको छ । विद्यालय स्थापना भएको ६३ वर्षको पुगेको अवसरमा हिरक महोत्सव आयोजना गरिएको हो । हिरक महोत्सवको अवसरमा विद्यालय स्थापनामा योगदान गर्ने दान बहादुर राई र पूर्णबहादुर राईको परिवारलाई सम्मान गरिएको छ ।

जन्म जयन्ती तथा हिरक महोत्सवको अवसरमा विद्यालयमा दाताहरुले रु.तीन लाख ६२ हजारको अक्षय कोष स्थापना गरिदिएका छन् । मखान सिंह राई, ढाकामान राई, जसबहादुर राई, प्रजबहादुर राई, राधा राई, कालीबहादुर राई,गंगाबहादुर राई,दशरथ राई र कृष्ण राईको स्मृतिमा संस्थाकी प्रमुख संरक्षक सोभा राईले अक्षय कोषको रकम सारदा प्राविका प्रधानाध्यापक प्रेमकुमार राईलाई हस्तान्तरण गर्नु भएको हो । कोषको लागि प्रज बहादुर राई, गंगाबहादुर र कृष्ण राईको परिवारबाट दुई लाख ६२ हजार र सोभा राईबाट रु. एक लाख गरि तीन लाख ६२ हजार रकम बराबरको कोषको स्थापना गरिएको संस्थाका संरक्षक धर्मराज राईले जानकारी दिनुभयो ।

अक्षय कोषको व्याजबाट आएको रकमले कक्षा १ देखी ५ सम्मका प्रमथ, द्धितिय हुने विद्यार्थीलाई आर्थिक वर्ष २०८१/८२ को शैक्षिक सत्रबाट पुरस्कृत गरिने जनाएको छ । अक्षष कोष सञ्चालन तथा आवश्यक मापदण्ड तयार गर्न शिवकुमार राईको अध्यक्षतामा १३ सदस्य समिति गठन गरिएको छ । समिति सदस्यहरुमा मौसम राई, विजय कुमार राई, निमाहाङ राई, किरण वान्तावा, सिमा राई, गान्धीराज राई, लक्ष्मीप्रसाद राई, नानु राई, कविराज राई, कृष्णा राई, रुकेश राई र शुक्रा राई रहनु भएको छ ।

त्यस्तै चार सदस्य संरक्षक समिति र पाँच सदस्य सल्लाहकार समितिसमेत गठन गरिएको छ । संरक्षक समितिमा सोभा राई, रामकुमारी राई, मिना राई र हर्कमाया राई रहनु भएको छ । त्यस्तै सल्लाहाकार समितिमा पारु राई, नाराणप्रसाद राई, ज्ञान बहादुर राई, धर्मराज राई र मनिकुमार राई रहनु भएको छ । राष्ट्रिय सभा सदस्य जयन्ती राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व मुख्य मन्त्री राजेन्द्र कुमार राई, गाउँपालिका अध्यक्ष सरोज बस्नेत र माओवादी केन्द्रका केन्द्रिय सदस्य अजम्बर काङमाङ, गाउँपालिका उपाध्यक्ष रमादेवी राई, वडा नं ४ का वडाध्यक्ष हर्कराज राई वडा नं ३ का वडाध्यक्ष पूर्णप्रसाद राई लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार