राष्ट्रिय युवा संघ नेपालद्धारा भोजपुरको पुरानो बस पार्क क्षेत्रको सडक मर्मत


भोजपुर, २ माघ । भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाहरुले श्रमदानमार्फत भोजपुरको पुरानो बस पार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिक जसो सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत हुने सडकमा जोखिम बढेपछि राष्ट्रिय युवा संघ र स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरुको अगुवाईका गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट,गिठी बालुवा प्रयोग गरेर मर्मत गरिएको हो ।

सडक विग्रिएको आवात जावतमा समस्या भएपछि युवाहरुको अगुवाईमा पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरिएको भोजपुर नगरपालिका उप–प्रमुख निर्मला शेर्पाले बताउनुभयो। सडकको कारण आवतजावतमा समस्या भएपछि आफुले ब्याक्तिगत रुपमा सडक मर्मतको लागि सहयोग गरेको उहाँको भनाइ छ ।

“बजार क्षेत्रको सडक विग्रदा दुर्घटना जोखिम बढेको अवस्था थियो”उप–प्रमुख शेर्पाले भन्नुभयो“ सडकको कारण समस्याभएपछि युवाहरुको अगुवाईमा भत्किएको ठाउँमा ढलान गरेका छौँ ।सडक मर्मतको लागि आवश्यक पर्ने सामग्री मैले पनि ब्यक्तिगत रुपमा सहयोग गरेकी छु ।” दैनिक जसो स्थानीयले भोगेको सास्तीलाई नगरपालिकाले देखेर पनि बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवा संघ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिनुभयो । युवाहरुले केहि रचानात्मक काम गर्नु पर्छ भन्ने लक्ष्य सडक मर्मत गरेको उहाँको भनाइ छ ।

मुख्य बजारमा सडक बिग्रेको कारण दुर्घटनाको जोखिम बढेकोले युवाहरुको अगुवाइमा सडक मर्मत गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताउनुभयो । देश निर्माणको लागि युवाहरुले खेल्ने भूमिकाले समाजमा सकारात्मक सोचको विकास गर्ने उहाँको भनाइ छ । ‘‘सडक विग्रदा दुर्घटनाको जोखिम बढेको अवस्था थियो’’अध्यक्ष राईले भन्नुभयो,‘यसरी सडक विग्रेर स्थानीयले सास्ती भोग्दा पनि सरोकारवाला पक्षको ध्यान नपुगेपछि बाटो मर्मत गरेका हौँ । युवाहरुले सञ्चालन गरेको यो अभियान राम्रो छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार