भोजपुर, २५ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकाले बृहत साँस्कृतिक अध्ययन परियोजना प्रतिवेदन तयार गर्ने भएको छ । गाउँपालिका भित्र बसोबास गर्ने सवै जातजातिको भाषा, संस्कार, संस्कृति रितिरिवाज लगायतको विषयलाई समेटेर अध्ययन प्रतिवेदन तयार गर्न लागेको हो । सवै जातजाति भाषाभाषीहरुको संरक्षण गर्दै यसको विकास तथा विस्तारमा योगदान गर्ने उद्धेश्यले विज्ञहरुको सहयोगमा बृहत साँस्कृतिक अध्ययन प्रतिवेदन तयार भईरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
यसले गाउँपालिका भित्रका सवै समुदायको साँस्कृतिको संरक्षणमा सहयोग पुग्ने अध्यक्ष राईको भनाइ छ । ‘गाउँपालिका भित्रका सवै जातजातिहरुको संस्कार सस्कृतिको जर्गेणासँगै थप विकास गर्नको लागि अध्ययनको थालनी गरेका छौँ’ अध्यक्ष राईले भने‘विज्ञहरुको समुहसहित सवै जातजातीलाई भेला गरेर खोजी गर्ने काम भईरहेको छ । यसको विषयमा पुस्तक प्रकाशन गरेर सवै पक्षको संस्कृतिको संरक्षण गर्ने हाम्रो लक्ष्य छ ।’ गाउँपालिका भित्र बस्ने राई, तामाङ, शेर्पा, क्षति, ब्राहमान, दलित लगायत सवै पक्षको लोप उन्मुख संस्कृतिको बृहत रुपमा खोजी गरिने अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाको बृहत साँस्कृतिक अध्ययन नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र काठमाण्डौले तयार गरिरहेको छ । केन्द्रले अध्ययनको पुस्तक प्रकाशन गर्नु पूर्व यहाँका सवै जातजातिका मानिससँग आवश्यक तथ्यको खोजी थालेको छ । यसरी संकलन भएको जानकारी तथा अन्य खोज अनुसन्धान गरेर विस्तृत रुपमा पुस्तक प्रकाशन हुने केन्द्रका अध्ययन निर्देशक डा.भक्त राईले जानकारी दिए । अध्ययन परियोजनाको लागि प्रारम्भिक कामको थालनी गरिएको उनको भनाइ छ ।
यहाँको सवै जातिको संस्कार,सँस्कृतिको संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउन लोप उन्मुख साँस्कृतिको खोजी गरिने अनुसन्धान सल्लाहकार प्रा.डा. प्रेमकुमार खत्रीले बताए । संस्कृतिको विकासले जातिको पहिचानलाई जीवन्त राख्न सहयोग पुग्ने उनको भनाइ छ । सवै जातिको सवै खाले साँस्कृतिको गहिराईसम्म पुगेर खोजी गरी पुस्तक प्रकाशन हुने भएकाले परम्परालाई जोगाई राख्न योगदान पुग्ने अनुसन्धान सहजतकर्ता प्राज्ञ शशी लुमम्बुले बताए ।