भोजपुर, २३ असोज । क्षतिग्रस्त सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजनाको मन्त्रालयका सचिवसहितको समुहले स्थलगत अनुगमन गरेको छ । गत असार २ गते आएको बाढीले क्षति गरेको उक्त आयोजनाको कोशी प्रदेशका खानेपानी सिँचाई तथा उर्जा मन्त्रालयका सचिव अरुणकुमार झा, मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञावली, प्रशासन महाशाखा प्रमुख सञ्जय कुमार पोखरेलसहित डिभिजन प्रमुख देवनाथ शिंहले स्थलगत अनुगमन गर्नु भएको हो ।
बाढीले पूर्णरुपमा क्षति भएको आयोजनाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले पुनः निर्माण गरेर सञ्चालनको तयारी थालेको छ । यसलाई मर्मत गरेर दशैँ अघिसम्म स्थानीयलाई पानी खुवाउने लक्ष्य रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ शिंहले बताए । अहिले यो आयोजना कार्यालयको रु. ४० लाख लागतमा मर्मत गईरहेको उहाँको भनाइ छ । “बाढीले क्षतिग्रस्त भएको आयोजनाको मर्मत गरेर स्थानीयलाई पानी खुवाउने लक्ष्यका साथ काम गरिरहेका छौँ” प्रमुख शिंहले भने,“यहाँका स्थानीयलाई दशैँ अघि नै पानी खुवाउने हाम्रो योजना छ । सोहि अनुसार कामलाई अघि बढाएका छौँ ।”
संखुवासभाको चैनपुर नगरपालिका ११ मा सञ्चालन भईरहेको यो आयोजनाबाट तीन सय ८६ घर परिवार मध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका थिए ।बाँकी घरमा पनि पानी वितरणको अन्तिम चरणमा रहेको अवस्थामा बाढीले आयोजना बगाएको कार्यालयको भनाइ छ ।
स्थलगत अनुगमन गर्दै मन्त्रालयका सचिव अरुण कुमार झाले बाढीले निकै ठुलो क्षति पु¥याएको बताए । तत्काललाई योजना सुचारु गरेर स्थानीयलाई पानी खुवाउने गरी काम थालिएको उनको भनाइ छ ।
“हाम्रो मन्त्रालयको समुहले यहाँको स्थलगत अनुगमन गरेका छौँ”सचिव झाले भने,“बाढीले यहाँ निकै ठुलो क्षति पु¥याएको देखियो ।यसलाई तत्काल मर्मत गरेर पानीको समस्या समाधानको लागि काम भईरहेको छ । आयोजनालाई थप व्यावस्थापन गर्न आगामी वर्षको बजेटमा समेट्ने सोच बनाएका छौँ ।”
आयोजना स्थलसँगै यहाँको संरचना बाढीले पुरेको कारण अहिले त्यसलाई खोतलेर आवश्यक मर्मतको काम भईरहेको छ । खोला भन्दा करिव सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प,ट्रान्सफर्मर, तीन ओटा कन्ट्रोल प्यालन, स्टेपलाईजर, चेन पुल्ली, पाइप लाइन, पालेघर लगाएत पुरेको थियो ।
अहिले त्यसलाई डोजरको सहायताले वालुवा पन्छाएर निकालिएको निर्माण उपभोक्ता समितिका सदस्य गणेश जिमीले बताए । आयोजना मर्मतको काम शुरु भएकाले स्थानीयमा पानी आउने आशा जागेको उनको भनाइ छ । इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत ठाउँमा मन्त्रालय अन्र्तगत सञ्चालन भएका योजनासँगै यो आयोजनाको पनि स्थलगत अनुगमन गरिएको हो । पुनः निर्र्माण भइरहेको आयोजनाको अनुगमन गर्दै मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञावलीले तत्काल स्थानीयको पानीको समस्या समाधान गर्न तीब्र रुपमा काम भईरहेको बताए । आयोजनाको सम्फवेल (पानी तान्ने ठाउँ) फेरि पनि बाढीको जोखिममा रहेको त्यसलाई क्षति हुनबाट बचाउन विकल्पसँगै थप सुरक्षाको लागि काम गर्नु पर्ने देखिएको उनले बताए ।
“विभिन्न जिल्लाका आयोजना अनुगमनका क्रममा यो योजनालाई पनि स्थलगत रुपमा हेरेका छौँ” उनले भने,“यो स्थानमा बाढीले ठुलो क्षति गरेको पाइयो । यसको सम्फवेल फेरी पनि बाढीको जोखिममा देखिएको छ । यसको विकल्पसँगै सुरक्षाको लागि आवश्यक काम गर्नु छ । यसको विषयमा पनि थप योजना बनाएर काम गछौँ ।”
मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका कार्यालयहरुमा कर्मचारी अभावका कारण कामकाज सञ्चालनमा केहि समस्या रहेको प्रशासन महाशाखा प्रमुख सञ्जय कुमार पोखरेलले बताए । कतिपय जिल्लामा कामलाई तीब्र गतिमा अघि बढाउन जनशक्ति अभावमा समस्या रहेको उनको भनाइ छ ।
रिक्त रहेका पदहरुमा आवश्यक दर्वन्दी माग गरेर लोक सेवा आयोगमा पठाइएको उनले जानकारी दिए । “सञ्चालित योजनालाई तीब्र रुपमा अघि बढाउनु पर्ने अवस्था छ” उनले भने,“तर यहाँका अधिकांश कार्यालयमा दर्वन्दी खाली छ । कार्य सञ्चालनमा समस्या उत्पन्न भएको छ । विषेश गरेर पहाडका जिल्लामा यो समस्या बढी रहेको पाइयो । हामीले लोक सेवा आयोगमा माग गरेर पठाएका छौँ । त्यहाँबाट कर्मचारी नआउँदासम्म आन्तरिक रुपमा व्यावस्थापन गरेर काम गर्नु पर्ने अवस्था छ ।” आर्थिक वर्ष २०७५÷७६ बाट यो योजनाको निर्माण थालिएको हो । कुल अनुमानित रु. ११ करोड ११ लाख आठ हजार ९२७ रुपैयाँ लागतमा निर्माण भईरहेको छ ।