हतुवागढीद्धारा ‘पालिका गान/गीत’ रचनाको लागि आह्वान


भोजपुर, २७ भदौ । हतुवागढी गाउँपालिकाले “पालिका गान/गीत” रचनाको लागि आह्वान गरेको छ । यहाँको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, आर्थिक, सामाजिक, परम्परा, रितरिवाज, मौलिकता, जाती, भाषा, भौगोलिक क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, पेशा, व्यवसाय लगायतको विषय समेटेर पालिका गानको रचना गर्नको लागि आह्वान गरेको हो । एक सूचना जारी गर्दैै गाउँपालिकाले ३० भित्र आफ्नो रचनाको प्रतिलिपि गाउँपालिकाको इमेलमा पठाउनसमेत गाउँपालिकाले अनुरोध गरेको हो । रचना ४–७ मिनेटमा संगीत भर्न मिल्ने १२–१६ लाइनको सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार