भोजपुर, २१ साउन।भोजपुरमा एक युवा पाँच विरुवा अभियानको शुरुवात गरिएको छ । राष्ट्रिय युवा संघ भोजपुर नगरकमिटी भोजपुरको आयोजनामा ‘एक युवा पाँच बिरुवा’ अभियानको शुरुवात गरिएको हो । भोजपुर नगरपालिका १२ स्थित तीनधारा र सिढी सरसफाइसँगै वृक्षारोपण गरेको हो ।
‘एक युवा पाँच बिरुवा’ अभियान अन्तरगत युवा संघको आयोजनामा वृक्षारोपण गरिएको नगर अध्यक्ष दिपेन दर्नालले बताए । तीनधारा क्षेत्रका साथै सिढी सरसफाइ गरिएको हो । युवाहरूलाई सामाजिक काममा जोड्नुका साथै श्रम संस्कृति आबद्ध गर्नका लागि अभियान थालिएको नगर अध्यक्ष दर्नालले बताए ।
कार्यक्रम हरेक शनिवार गरिने संघले जनाएको छ । कार्यक्रममा नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य सृजना राई एमाले भोजपुर अध्यक्ष शरणकुमार राई ,भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा लगायतको सहभागिता रहेको थियो ।