हतुवागढीको १३ औँ गाउँसभा सम्पन्न, ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक


भोजपुर, ११ असार । समतामुलक समाज र समुन्नत हतुवागढी : कृषि, पर्यटन, उद्यम, पूर्वधार र प्रविधि ’ भन्ने नाराका साथ हतुवागढी गाउँपालिकाको १३ औँ गाउँ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ४७ करोड ७० लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

सभा मार्फत चालु तर्फ २८ करोड ५० लाख ६४ हजार र पुँजीगत तर्फ १९ करोड १९ लाख ७९ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष सुनिता राईले सार्वजनिक गरेकी हुन् । सामाजिक विकासर, भौतिक पूर्वधार,आर्थिक विकास, वातावरण तथा विपत व्यवस्थापन र संस्थागत विकासको आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए ।

केन्द्र सरकार र प्रदेश सरकारबाट आउने बजेट कटौती हुँदा योजना सञ्चालन तथा व्यावस्थापनमा असहजता भएको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताए । सिमित बजेटमा पनि स्थानीयका अधिकतम आवश्यकतालाई समेट्ने कोशिस गरिएको अध्यक्ष राईको भनाइ छ । सभाले विनियोजन विद्येयक २०७९ र आर्थिक संधोधन विद्येयक सर्वसम्मत रुपमा पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार