खोलाले बगाउँदा सव–इन्जिनियर मुत्यु


भोजपुर,३२ जेठ । भोजपुरमा खोलाले बगाउँदा सब–इन्जिनियरको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ मा पर्ने राउते खोलाले बगाउँदा ३२ वर्षीय सव–इन्जिनियर मन्दिप राईको मृत्यु भएको हो । बाढीले पुल निर्माण भईरहेको स्थानमा रहेको स्काभेटर र पुलको जग बगाउन थालेपछि जोगाउने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

स्काभेटरका ड्राईभर भने हाम फालेर बाच्च सफल भएको प्रहरीको भनाई छ । सव–इन्जिनियर राई भने हाम फाल्ने क्रममा खोलाको भंगालेमा परेपछि बगाएको प्रत्यक्षदर्शीको भनाइ छ । बुधबार राती खोलाले बगाएका राईको शव करिब तीन किलोमिटर तल फेला परेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार