अरुण आध्यात्मिक प्रतिष्ठानमा स्तूपाको शिलान्यास


भोजपुर, १६ जेठ । भोजपुरको अरुण आध्यात्मिक प्रतिष्ठानमा स्तूपाको शिलान्यास, गरिएको छ । स्तूपाको शिलान्यास जिल्ला समन्य समिति प्रमुख कमल थुलुङ र अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा गरेका हुन । यस क्षेत्रमा हिन्दु, बौद्ध र किराँत धर्मका छुटाछुटै संरचनाको बनाइने प्रतिष्ठानले जनाएको छ ।अरुण आध्यात्मिक प्रतिष्ठान आयोजनामा भएको कार्यक्रममा आयुर्वेदिक स्वास्थ्य शिविर र वृक्षरोपण कार्यक्रम समेत गरिएको प्रतिष्ठानका सचिव सोमनाथ कोइरालाले बताए ।

स्वास्थ्य प्रवर्द्धन सेवा कार्यक्रमबाट करिव ७० जना बढी जेष्ठ नागरिहरुले सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य सेवाबाट कोही पनी बञ्चीत नहुन भन्ने उदेश्यले यो संगै जिल्लाका विभिन्न ठाउँमा शिविर मार्फत सेवा प्रदान गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख मनोज कुमार पंडितले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार