भोजपुर ४ जेष्ठ । भोजपुरको पूर्वी अरुण गाउँपालिका ४ चरम्वीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । नेपाल प्रहरीको एक वडा एक प्रहरी चौकी स्थापना गर्ने लक्ष्य अनुसार प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरले जनाएको छ । बिहिवार एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष सालिकराम खत्री र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अस्थायी प्रहरी पोष्टको औपचारिक उद्घाटन गरेका हुन । शान्ती सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले आफ्नै गाउँघरमा चौकी स्थापना गरेपछि स्थानिय खुसी भएका छन् ।
प्रहरीले जनताको घरदैलोमा पुगेर सेवा दिने तथा अपराधिक क्रियाकलाप न्यूनिकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख (डिएसपी) शरत कुमार थापाक्षत्रीले बताए । सहजरुपमा जनता समक्ष सेवा पु¥याउने लक्ष्यका साथ चरम्वीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख थापाक्षत्रीको भनाई छ । डिएसपी थापाक्षेत्रीले भने ‘पोष्ट स्थापना भएसंगै सानो कामको लागि पनि घण्टौँ लगाएर गाउँपालिका तथा तिवारीभज्याङ धाउनु पर्ने स्थानियको बाध्यता हटको छ । राज्यको सेवा जनताको घरघरमा पु¥याउने उदेश्यले पोष्टको स्थापना गरिएको हो ।’
शान्ती सुरक्षा कामय राख्न चरम्वीमा प्रहरी पोष्ट आबश्यक देखिएकोले स्थापनाको लागि पहल गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । दुर्गम भेगमा दिन प्रतिदिन घरेलु हिंसा कुटपीट लगायत घटना बढीरहेकोले त्यसलाईसमेत नियन्त्रण गर्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।
ठूलो भुगोल तथा भौगोलिक रुपमा दुर्गम भएकाले पोष्ट स्थापनाको लागि माग गरिएको अरुण गाउँपालिकाले जनाएको छ । ठुलो पहल र प्रयत्नपछि प्रहरी पोष्ट स्थापना गर्न सफल भएकोले अब सो क्षेत्रमा घरेलु हिंसा, लागु औषध तथा अन्य आपराधिक क्रियाकलापमा कमी आउने अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको भनाइ छ ।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख महानिरीक्षक भिमप्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, श्रीनाथ गण भोजपुुरका प्रमुख सेनानी फणिन्द्र थापा, अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान विभाग भोजपुरका अनुसन्धान अधिकृत राम अचल साह, वडाध्यक्ष लगाएत विभिन्न संघसंथा लगायतको उपस्थिती रहेको थियो ।