षडानन्दमा चैत २२ देखी २४ गतेसम्म निल्शुल्क स्वास्थ्य शिविर


भोजपुर, २१ चैत । भोजपुर षडानन्द नगरपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाको आयोजनामा तथा हेल्पिङ हेण्डस् पोलिक्लिलनीक चैनपुर संखुवासभाको प्रायोजनमा चैत २२ गतेबाट २४ गतेसम्म शिविर सञ्चालन हुन लागेको प्रमुख प्रशाकीय अधिकृत विनोदकुमार भण्डारीले जानकारी दिए । शिविरमा स्त्री रोग, जेनेरल फिजिसियन, आँखा रोग विशेषज्ञ र दन्त रोग विशेषज्ञले सेवा दिने जनाइएको छ । शिविर चैत २२ गते षडानन्द ११ झ्याउपोखरी, र २३ र २४ गते गान्धि मेमोरियल अस्पताल दिङ्लमा सञ्चालन हुने नगरपालिकाको भनाइ छ । शिविरबाट निःशुल्क औषधी र चश्मा वितरण हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार