भोजपुर २९ फागुन । षडानन्द बहुमुखी क्याम्पस दिङला आफैँमा एउटा इतिहास बोकेको शिक्षालयहो । भोजपुर जिल्लाकै दोस्रो ठुलो क्याम्पसको रुपमा रहेको यो क्याम्पस शिक्षाका ज्योतीबालागुरु षडानन्द अधिकारीको नाम संग समेत जोडिएको छ । बाला गुरु षडानन्द अधिकारीले बि.सं. १९३२ मादिङलामा जनस्तरबाट सञ्चालित पहिलो शिक्षालयको सुरुवात भएदेखि नै दिङ्ला क्षेत्रमा शिक्षाको विकास सुरु भएको मान्न सकिन्छ । दिङ्लाको शिक्षाक्षेत्रको यहि साखलाई जोगाउनको लागि विभिन्न चुनौति थपिदै गएको गिरिजा कार्की सुनाउछन् । उनि भन्छन् ‘ चुनौती छ तर यसो भन्दै गर्दा पछाडि धकेलिएर बस्ने हामीलाई छुट पनि त छैन । षडानन्द बहुमुखी क्याम्पसमा पहिलो पटक हुन लागेको स्ववियु निर्वाचनमा कार्कीअनेरास्ववियुको तर्फबाट सभापति पदको उम्मेदवार हुन् । कार्कीले षडानन्द नगरपालिकाको अमिन पदको कर्मचारीबाट राजिनामा दिएर सभापतिपदमा उम्मेद्धारी दर्ता गराएका हुन् । उनि भन्छन् क्याम्पसको आगामि भविष्य सुधार गर्नकै लागि कर्मचारीबाटै राजिनामा दिएर आएको हुँ ।
विद्यार्थीको सामान्य समस्या समेत क्याम्पस प्रशासनले सुल्झाउन नसकेको कार्की सुनाउँछन् । क्याम्पसमा हुने विकृति विसंगतीको अन्त्य गर्ने सपना बोकेर राजनीतिकधार समाएको बताउने कार्की स्ववियु निर्वाचन सफलताका साथ सम्पन्न भए आफूले देखेको सपना पुरा गर्न सकिने दाबी गर्छन । कार्की विद्यार्थी बीच निकै नजिक रहेर विद्यार्थीका मागहरु सम्बोधन गराउन क्याम्पस प्रसाशनलाई सचेत गराई बिद्यार्थीहरुको हक र हितका लागी सधै भरी अग्र पन्तिमा लाग्ने एक साहसी बिद्यार्थी रहेको षडानन्द बहुमुखी क्याम्पसका विद्यार्थीहरुले नै बताउने गरेका छन् । विद्यार्थीहरुका अनुसार कार्की सहित अनेरास्ववियुको टिमले क्याम्पस व््यवस्थान, क्याम्पस प्रशासन र सम्पुर्ण षडानन्द बहुमुखी क्याम्पस भित्रका आमविद्यार्थीका समस्या, विद्यार्थीका मुद्धाहरु, विद्यार्थी हकहित सम्बन्धि अधिकार र त्यसमा भएका समस्या समाधान गर्न श्रोत जुटाउन सक्ने खुबि रहेका विद्यार्थीहरुले बताउछन् ।
अनेरास्ववियुले षडानन्द बहुमुखी क्याम्पसमा गरेका हरेक गतिविधिमा कार्की संलग्न छन् । कार्कीकै नेतृत्वमा अनेरास्ववियु क्याम्पस कमिटिले छात्राहरुको लागि निशुल्क स्यानिटरी प्याड वितरण गरेका छन् । कार्की भन्छन् छात्रा विद्यार्थी साथिहरु महिनावारी भएकै कारणले शिक्षा लिन पाउने अवस्थाको अन्यहोस भनेर यो कार्यक्रम गरिएको र यो काम निरन्तर रुपमा गरिरहने समेत योजना रहेको सुनाउछन् । उनले अर्को समेत महत्वपुर्ण विषय सुनाए क्याम्पसमा मानविकी संकायथप गर्ने । षडानन्द बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायमात्रै अध्ययनभई रहेको छ विद्यार्थीहरुले आफुले चाहेको विषय पढ्न पाउने स्थीती छैन त्यसैले मानविकि संकायथप गर्नको लागि अधिकतम पहल गर्छु र स्ववियुले चाहेको खण्डमा यो सम्भव समेत रहेको छ उनले सुनाए ।
उनले छात्रावास निमार्ण,व्यवस्थित शौचालय निमार्ण, पुर्णकालिन शिक्षकको व्यवस्थापन, प्राविधिक शिक्षा, गुणस्तरीय शिक्षा र षडानन्द बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयकोआगिक क्याम्पस बनाउनको लागि निरन्तर पहल गर्ने जस्ता योजना लिएर स्ववियू निर्वाचनमा अनेरास्ववियु होमिएको समेत बताए । उनले भने अनेरास्ववियुको टिमले स्ववियु निर्वाचन जितेमा विद्यार्थीहरुले विश्वास गरेमा यस्ता कार्यक्रमहरु आफ्नै कार्यकालमा सम्भव बनाएर देखाउने समेतदावि गरे ।
उनले क्याम्पसमा निरन्तर विभिन्न कार्यक्रमहरु समेत गदै आएको बताए । जसमा िनःशुल्क खेलकुदका सामाग्री, क्याम्पसका हरेक कक्षाकोठामा डस्टविन वितरण, विद्यार्थीको प्रतिभा पहिचानको लागि विभिन्न अतिरिक्त क्रियाकलाप, विद्यार्थी तथा शिक्षकको परिचयपत्र निशुल्क वितरणको लागि क्याम्पसलाई प्रिन्टर खरिद गरि हस्तान्तरण, प्राथमिक उपचारका सामाग्रीहरुको व्यवस्थापन आदिकार्यक्रमहरु अनेरास्ववियुले गरेको समेत बताए । स्ववियुनिर्वाचनमा सफल भएमा विद्यार्थीको मागमा आधारित विभिन्न योजना लिएर आफु निर्वाचनमा होमिएको समेत उनले बताए ।
आफु नेतृत्वको अनेरास्ववियकोे टिमले चुनावमा विजेता भएमा क्याम्पसलाई चिनाउन र क्याम्पसको गरिमा उच्चबनाउन कुनै कसर बाँकि नराख्ने बताए । उनले भने म सपना मात्रै होइन योजना लिएर चुनावमा होमिएको हुँँ । यहाँको समस्यालाई राम्ररी अध्ययन समेत गरेको छु र ती समस्या समाधान गर्नको लागि स्पष्ट खाका सहित अनेरास्ववियुको टिम चुनावमा होमिएको छ । तिखाका के के हुन त भन्ने प्रस्नमा भने उनले भने अहिले सबै कुरा खुलाउन मिल्दैन तर स्ववियु निर्वाचन सकिएको दुई महिना भित्रमा क्याम्पसमा आउनुस परिर्वतन अवश्य देख्न पाउनु हुनेछ ।