विद्यार्थी नेताको आक्रमणप्रति अनेरास्ववियुद्धारा भत्सना, तत्काल कारबाहीको माग (विज्ञप्ती सहितं)


भोजपुर, १९ फागुन । विद्यार्थी नेता माथि साङघातिक रुपमा आक्रमण भएकोप्रति अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन षडानन्द बहुमुखी क्याम्पस कमिटीले भत्साना गर्दै विज्ञप्ती जारी गरेको छ । षडानन्द बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको सामान्य भेटघाट तथा स्ववियु सभापतिको छलफल भईरहेको अवस्थामा षडानन्दका नेपाली काङग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजबादीका जिम्मेबार मानिसहरुले गुण्डागर्दी शैलीमा प्रबेश गरेर संगठनका सभापति भुवन खत्री र सदस्य निगम खत्री माथी क्याम्पस परिसरमा मराणसन्न हुने गरी कुटपिट भएको भन्दै विज्ञप्ती जारी गरेको हो । विद्यार्थीहरुको भेलामा प्रवेश गरी कुटपिटमा संम्लग्नलाई पक्राउ गरी कानुन बमोजिमको कारबाहीको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार