भोजपुर, २६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको क्रममा सहयोग पु¥याउने सम्पूर्णलाई षडानन्द नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । नगरपालिकाले विहिबार पत्रकार सम्मेलन मार्फत राष्ट्रपतिको भ्रमण सफल बनाउन भूमिका खेल्ने सवैलाई धन्यवाद दिएको हो ।
राष्ट्रपतिको भ्रमण नगरपालिकाको लागि फलदायक बनेको नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले जानकारी दिए । राष्ट्रपति भण्डारीले योगमाया न्यौपानेको समाधिस्थल षडानन्द नगरपालिका १ मझुवाबेँसीको अवलोकन तथा माल्यार्पन बालागुरु षडानन्दको जन्मस्थानमा राखिएको शलिक अनावरणसँगै राम सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलास डाँडाको आवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयकोसमेत अवलोकन गरेको विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा षडानन्द नगरपालिका १ मझुवाबेँसीमा रहेको योगमायाको समाधी स्थल पार्कको प्रदेश १ काम मुख्यमन्त्री हिक्मत कुमार कार्की शिलान्यास गरेको विज्ञप्तीमा उल्लेख छ ।