भोजपुर १५ माघ । भोनपुरका एक दम्पतीले एक सय १२ जना बालबालिकालाई न्यानो टोपी वितरण गरेको छन् । भोजपुुर नगरपालिका–९ जनकल्याण आधारभूत विद्यालयका शिक्षक योगराज लुईटेल र पत्नी कुमारी लुईटेल ९दुलाल० ले बुवा आमा र सासुको स्मृतीमा टोपी वितरण गरेका हुनु । जाडोको समयलाई मध्यनजर गर्दै जनकल्याण आधारभूत विद्यालयका ८८ बालबालिकालाई टोपी र बहिरा आवसिय आभारभूत विद्यालयका २४ जना बालबालिकालाई ऊनीको टोपी,मोजा र बाक्लो टाउजर वितरण गरेको शिक्षक योगराज लुईटेलले बताए । आफ्ना स्वर्गीय बुवा आमा तथा सासुको सम्झनामा टोपी वितरण गरेको उनको भनाइ छ । त्यस्तै यसै अवसरमा बहिरा आवासिय विद्यालयका २४ जना बालबालिकालाई विहानको खानामसमेत प्रदान गरिएको उनको भनाइ छ ।