भोजपुर २७ मंसिर । भोजपुरको पौवादुङमा गाउँपालिकाको अरुण डाँडा(छिन्तालुङ) मा‘अरुण डाँडा महोत्सब’ सम्पन्न भएको छ । ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा वाह्य पर्यटन महोत्सव’ भन्ने मूल नारासहित मंसिर २२ गतेबाट शुरु भएको महोत्सब मंसिर २६ गते सम्पन्न भएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादन, धार्मिक एंव पर्यटकीय क्षेत्रको प्रवद्र्धन संगै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको अरुण प्रर्बद्धन समितिका सचिव शरोज चाम्लिङ राईले बताए । महोत्सवले गाउँपालिकाको पर्यटकिय क्षेत्रको प्रचार प्रसार संगै स्थानियका आर्थिक पक्षमा समेत केही सहयोग पुगेको समितिका अध्यक्ष संजिब शुब्बाले बताए । अध्यक्ष सुब्बाले ‘अरुण डाँडा महोत्सब सफल रुपमा सम्पन्न भएको छ । महोत्सवको मुख्य प्रायोजकको पौवादुङमा गाउँपालिका लगाएत यस कार्यमा सहयोग गर्नु हुने विभिन्न व्यक्ति- व्यक्तित्व, संघ-संस्था, पत्रकार लगाएतलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्द छु ।’
छ दिन सम्म सञचालन भएको महोत्सवमा राष्ट्रिय कलाकारहरु शम्भु राई, सुनिता थेगिम, श्रीकृष्ण लुईटेल, लगाएत राष्ट्रिय तथा स्थानीय कलाकरको प्रस्तुती संगै विभिन्न खेल तथा कृषि प्रर्दशनी समेत राखिएको थियो ।