भोजपुर २४ मङसिर । जिल्ला प्रहरी कार्यालय भोजपुरले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा सचेतना मुलक ¥यालीको आयोजना गरेको छ । शनिवार सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ भोजपुर सदरमुकाम स्थित जीरोप्वाईट गेट देखि चारभञ्जाङ सम्म सचेतना मुलक ¥यालीको आयोजना गरेको हो । यो संगै १६ दिने अभियानको क्रममा लैङ्गिक हिंसा न्यूनीकरणका लागि विद्यालय तथा नगरपालिका क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले बताए । समाजमा अझैपनि लैगिक हिंसा भईरहेकाले हिंसा रहित समाज निर्माणका लागि सवै एकजुट भएर लाग्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताए । कार्यक्रममा नागरिक समाज, महिला अधिकार कर्मी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
प्रहरीद्धारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा सचेतना मुलक र्याली
-
एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित
-
रिटर्नी फेडेरेसन भोजपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर तामाङ निर्वाचित
-
खाद्य गोदामबाट चामल वितरणले स्थानीयलाई राहत
-
भोजपुरमा सडकको मर्मत सम्भारका लागि हेरालु परिचालन
-
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित
-
लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित
-
भुल्केको गुप्तेश्वर महादेवको संरक्षण गरिँदै
-
टेम्केमैयुङ ४ नागीमा शैक्षिक सुधारका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न
-
भोजपुर हातेमालो सेवा समाजद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री
-
सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार