लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत पौवादुङमामा कार्यक्रम


भोजपुर, १८ मंसिर । भोजपुुरको पौवादुङमा गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाईएको छ । सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ गाउँपालिका केन्द्र च्याङग्रेमा विभिन्न कार्यक्रम गरी मनाईएको हो ।

योसँगै पौवादुङमा गाउँपालिका स्तरिय लैङ्गिक हिंसा विरुद्धको कार्यक्रमको समापनसमेत गरिएको छ । समाजमा भईरहेको लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्यको साथ कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिए । कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष किरण राईले लैङ्गिक हिंसा निरुपनको लागि गाउँपालिकाले भूमिका खेल्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार