प्रचण्डले एकैदिन ६ थान मन्त्री बाँडे यो पत्याउने कुरा हो ? : पूर्वमुख्यमन्त्री शेरधन राई


नेकपा(एमाले)स्थानीय कमिटी सदस्य पूर्वमुख्यमन्त्री तथा भोजपुर प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई मन्त्रालय बाड्दै फुर्सद नभएको बताएका छन् ।


आफ्नो पार्टीको हैसियत बिर्सिएर प्रचण्डले जनतालाई भ्रम छर्नका लागि उम्मेदवारहरुलाई मन्त्री बताउछु भन्दै हिडिरहेको पूर्वमुख्यमन्त्री राईको भनाइ छ ।
‘मन्त्री बनाउछु भन्दै उहाँले जनतामा भ्रम छरिरहनु भएको छ’ पूर्वमुख्यमन्त्री राईले भने‘ आफु चितवनबाट निर्वाचन लड्दा हार्छु भनेर भागेर गोर्खा पुग्नु भएको छ । कहि कतैबाट माओवादीको सरकार बन्छ र मन्त्री बनाउनु हुन्छ ? त्यसै जनताको आखामा छारो हाल्ने ? प्रचण्डको पार्टीको हैसियत जनतालाई थाहा छैन ।’
आगामी मंसिर ४ मा हुने निर्वाचनपछि माओवादी लगाएत अन्य साना दलको अतिस्त्व समाप्त हुने पूर्वमुख्यमन्त्री राईको दावी छ । जसको हातमा केहि छैन उसैले मन्त्री बाड्दै हिडेको राईको भनाइ छ । कुल उम्मेदवारको एक तिहाई उम्मेदवार नउठाएको माओवादीले जिल्लै पिछे मन्त्री बाड्ने काम हास्यपद रहेको उनले बताए ।
‘आगामी निर्वाचनपछि माओवादी लगाएत धेरै साना दलको अथिस्त्व सकिदैछ’पूर्वमुख्यन्त्री राई भने‘नेपालमा एमाले र काङ्ग्रेस दुई ओटा मात्र पार्टी रहन्छन् । अबको सरकार एमाले एक्लैले बनाउछ । त्यो सम्भव भएन भने एमाले र काङ्ग्रेसको नेतृत्वमा सरकार बन्छ । अनि प्रचण्ड चाहि जिल्लैपिछे मन्त्री बाड्दै हिड्ने?’

माओवादीसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेशको लहर ।

राईले माओवादीलाई मत दिएर भुल नगर्न काङ्ग्रेसका कार्यकर्तालाई सचेतसमेत गराए । आफु एमालेबाट उम्मेदवार बनेपनि जिल्लाको साझा उम्मेदवारको रुपमा रहेकोले विकास चाहने सम्पूर्ण जनताले सूर्यमा मतदान गर्ने राईको भनाइ छ । ‘ तपाईहरु भ्रमकोपछि नलाग्नुस । म निर्वाचनको अवसरमा जिल्लाको सवै ठाउँमा पुगेको छु । सबै जनताले आज साझा उम्मेदवारको रुपमा मलाई मतदान गर्दैछन् । जिल्लाभर यहि लहर छ । मैले जिल्लामा विकासको लहर ल्याएको छु । तर दश वर्ष माननिय भएकाहरुले गरेको कामको विषयमा तपाईहरुले खोजी गर्न आवश्यक छ ।’


१० वर्षमा जनतालाई देखाउने कुनैपनि काम नभएपछि गठबन्धनका उम्मेदवारहरुले तल्लोस्तरमा गिरेर आफ्नो चरित्र हत्या गर्दै मनपरी बोलेर मत मागिरहेको राईको भनाइ छ । राईले यस्ता गैरराजनितिक काम नगर्नसमेत सचेत गराए ।
पौवादुङमा गाउँपालिका केन्द्र च्याङ्ग्रे बुधबार भएको चुनावी सभा मार्फत माओवादी केन्द्र लगाएत विभिन्न पार्टी परित्याग गरी एक सय बढी एमाले प्रवेश गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार