भोजपुरमा निर्वाचन आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न


भोजपुर १९ कात्तिक । भोजपुरमा निर्वाचन आचारसंहिता सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । मंसिर ४ मा हुन लागेको प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि जिल्ला स्थित सञ्चार कर्मीसंग छलफल गरिएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी, मितव्ययी र मर्यादित बनाउने उद्धेश्यले जिल्लाका सञ्चारकर्मी, तथा सरोकारवालासंग छलफल गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

कार्यक्रम मार्फत निर्वाचनमा सहभागी हुने राजनितिक दल तथा सञ्चारकर्मीले पालना गर्नु पर्ने आचारसंहितको विषयमा जानकारी दिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख टोपलाल भुसालले बताए । निर्वाचन आचारसंहिता लागु भई सकेकाले प्रचार प्रसारको क्रममा कुनै पनि राजनितिक दलले पार्टीको चिन्न अंकित मास्क, टि सर्ट, ज्याकेट प्रयोग गर्न नपाउने जनाईएको छ ।

त्यस्तै निर्वाचनमा सञ्चार माध्यमको महत्वपुर्ण भुमिका हुने भएकाले निर्वाचन सम्वन्धी समचार तथा विज्ञापनको प्रचार प्रसार गर्दा निर्वाचन आचारसंहिताको पालना गर्न समेत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार