भोजपुरमा विभिन्न पार्टी परित्याग गरि ४८ जना एमालेमा प्रबेश


भोजपुर १८ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिकामा माओबादी केन्द्र तथा जनता समाजबादी पार्टी परित्याग गरि ४६ जना नेकपा एमालेमा प्रबेश गरेका छन् । शुक्रबार नेकपा एमाले भोजपुरले आयोजना गरेको चुनावी सभा कार्यक्रममा माओबादी केन्द्रबाट शुरेश राईको नेतृत्वमा ४३ जना र जनता समाजबादीबाट ३ जना नेकपा एमालेमा प्रबेश गरेको नेकपा एमाले भोजपुरका पार्टी सचिव किरण राईले बताए । त्यस्तै अरुण गाउँपालिका २ चम्पेबाट नेपाली काङ्गेस परित्याग गरि दुई जना नेकपा एमालेमा प्रबेश गरेका छन् । पछिल्लो समय नेकपा एमालेमा जनताको आर्कषण बढ्दै गएको नेकपाएमाले भोजपुरका अध्यक्ष शरण कुमार राईले बताए । अध्यक्ष राईले भने ‘पछिल्लो समय नेकपा एमालेमा जनताको आर्कषण बढ्दो छ । एमालेमा प्रबेश गर्नेहरुको लहरनै चलेको छ । हाल सम्म अन्य पार्टी परित्याग गरि तीन सय ५० बढी एमालेमा प्रबेश गरि सकेका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार