म सँग भोजपुरलाई समृद्ध बनाउने स्पष्ट खाका छ : प्रदेशसभा सदस्य उम्मेदवार हरि राई


भोजपुर, ९ कात्तिक । एमालेका प्रदेशसभा सदस्य उम्मेदवार हरि बहादुर राईले भोजपुरलाई समृद्ध बनाउने स्पष्ट खाका लिएर निर्वाचन लडिरहेको बताएका छन् । पार्टीले आयोजना गरेको कार्यकता भेला तथा बैठकलाई सम्वोधन गर्दै राईले आफ्नो तीन दशक बढी समय राजनिति र जिल्लाकाको विकासमा खर्चिएकोले जिल्लाको सम्पूर्ण अवस्थाको बारेमा आफु जानकार रहेको बताए । तत्कालिन जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएसँगै जिल्लामा सडक विस्तार तथा अन्य पूर्वाधार विकासमा आफुले अगुवाई गर्दै आएको राईको भनाइ छ । ‘मेरो पार्टी जीवनमा मैले यहाँको विकास लागि योगदान गर्दै आएको छु’ राईले भने ‘यहाँको विकासका लागि जिल्ला पार्टीले गरु योजना बनाएको छ । त्यो गुरु योजनाको आधारमा मैले जिल्लाको विकासको लागि स्पष्ट खाका निर्माण गरेको छु । त्यसैको आधारमा जिल्लाको मुहार फेर्नेमा मेरो भूमिका रहन्छ ।’

देशको विकास र समृद्धिको लागि एमालेले खेलेको भूमिकाको विषयमा जनता जानकार रहेको बताउदै राईले एमालेको जित नै जनताको जित रहेको धाराणा राखे ।‘ एमालेको सरकार र गठबन्धनको सरकार हुँदाको विकासको गतिविधिको विषयमा जनता जानकार छन’ राईले भने‘ एमालेको जीत नै जनताको जित हो । एमाले पराजय भएमा देशमा अस्थिरता छाउछ । सत्ता गठबन्धनको ध्यान बाडीचुडी खानेमा मात्र रहेको छ । यो निर्वाचनमा जनताले आफ्नो विवेकको प्रयोग गर्न आवश्यक छ ।’

आफ्नो क्षेत्रका जनताको घरदैलोमा पुगेर समस्याको विषयमा जानकारी लिइरहेको र जनताको दिएको सल्लाह सझाबलाई शिरोधार्य गरेर विकासका काममा जुट्ने राईको भनाइ छ । ‘ अहिले हामी जनताको समस्याहरुको विषयमा जानकारी लिइरहेका छौँ राईले भने,‘ जनताले विजयी गराए पस्चात महशुस हुने विकास गरेर देखाउछु । एमालेले जिल्लाको विकासका लागि धेरै कामको थालनी गरिसकेको छ। यहाँको विकासमा अगुवाई गर्ने एक मात्र पार्टी एमाले हो । जनता हाम्रो एमालेको पक्षमा छन् ।’
आफ्ना प्रतिस्प्रधि गठबन्धनका उम्मेदवारले कागजमा मात्र योजना बाडेर जनतालाई भ्रममा पार्न खोजेको राईको भनाइ छ । रातो किताबमा नभएका योजना कार्यान्वयन नहुनेसमेत बताए । ‘जनतालाई भ्रम पार्न कागतमा योजना लेखेर सामाजिक सञ्जालमा हालेर जनता झुकाउने काम भईरहेको छ ’ राईले भने‘ ती सब योजना जनता झुकाउन ल्याएको फन्दा हो । यस्ता खालका जनतालाई झुकाउने काम नगर्न आग्रह गर्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार