सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति भोजपुरको ११ औं बार्षिक साधारण सभा सम्पन्न


भोजपुर २९ असोज । सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति भोजपुरको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार भोजपुर नगरपालिकाको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । सभाको उद्घाटन प्रमुख अतिथी भोजपुुर नगरपालिकाका मेयर कैलास कुमार आलेले गरे । सभामा संस्थको आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन पेश गरिएको छ । कोषध्यक्षद्धारा पस््रतुत प्रतिबेदन अनुसार संस्थामा एक करोड २५ लाख ६१ हजार तीन सय ३९ रुपैया आय, एक करोड १५ लाख १३ हजार २५२ खर्च तथा १० लाख ४८ हजार ८७ बचत रहेको उल्लेख गरिएको छ । त्यस्तै साधारण सभाले पानीको नयाँ महसुल दर समेत तोकिएको छ । नयाँ महसुल दर मंसिर १ गते देखि लागुहुने समितिका अध्यक्ष प्रविण कुमार सुवालले जानकारी दिए । सभामा समितिका पूर्व अध्यक्ष सागर मोक्तानको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको अध्यक्ष सुवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार