भोजपुरको षडानन्दमा नेकपा एसका प्रदेश कमिटि सदस्य सहित १८ जना नेकपा एमालेमा प्रवेश


भोजपुर २८ असोज ।
भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एकिकृत समाजबादीका प्रदेश कमिटि सदस्य सहित १८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार नेकपा एमाले षडानन्द नगर कमिटिले आयोजना गरेको बैठक तथा भेला कार्यक्रम मार्फत एकिकृत समाजबादीका प्रदेश कमिटि सदस्य मान बहादुर खत्री सहित १४ जना एमालेमा प्रबेश गरेका हुन ।

त्यस्तै माओबादी केन्द्र परित्याग गरि ४ जना एमालेमा प्रबेश गरेको नेकपा एमाले भोजपुरका उपाध्यक्ष मक्कर खड्काले बताए । प्रबेश गर्नेहरुमा एकिकृत समाजबादीका राजु जोगी, रिना जोगी, ठण्ड बहादुर खत्री, सन्तोष कार्की, इश्वर बुढाथोकी, विकास खड्का, भुवन खत्री, निगम खत्री, विरेन्द्र खत्री, विष्णु विक, पदम कार्की , डम्वर श्रेष्ठ र प्रताप तामाङ रहेका छन् भने माओबादी केन्द्रबाट वीरवल राई राजिप राई, रोनिस राई, सल बहादुर दर्जी रहेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य हरि बहादुर राइर्, प्रदेश कमिटि सचिवालय सदस्य कृर्पासुर शेर्पा, प्रदेश कमिटि सदस्य सुरेन्द्र उदास, एमाले भोजपुरका अध्यक्ष सरण कुमारले लगाएतले स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार