विभिन्न कार्यक्रम गरेर पौवादुङमामा मनाईयो संविधान दिवस


भोजपुर, ३ असोज । संविधान दिवसको अवसरमा पौवादुङमा गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । यहाँ न्यायिक संवाद, समुदायमा सरकारी वकिल र कानुनी सचेनता कार्यक्रम तथा उच्च सरकारी वकिल कार्यालय धनकुटाको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो । त्यस्तै जनतालाई समाजमा हुने विभिन्न अपराधिक क्रियाकलापहरुको बारेमा जानकारी दिनको लागि समुदायसँग प्रहरी कार्यक्रम गरिएको हो । यी कार्यक्रम मार्फत विभिन्न कानुनी व्यवस्था तथा कानुनी उपचारको विषयमा जानकारी दिइएको छ ।

पञ्चकञ्या माध्यमिक विद्यालयको सभा हल भएको कार्यक्रममा जिल्ला न्यायाधीस मणीराम न्यौपाने, सह न्यायाधीवक्ता गोविन्द खनाल, जिल्ला न्यायाधिवक्ता कल्पना राई, सहायक न्यायाधीश नारायणप्रसाद घिमिरे, गाउँपालिका अध्यक्ष किरण राई, उपाध्यक्ष ज्योत्सना राई, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराई वडाध्यक्षहरुसँगै सुरक्षा निकाय,राजनितिक दल, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । संविधान दिवसको अवसरमा साँझमा दिपावलीसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार