भोजपुरबाट प्रत्यक्षमा एक जना मात्र महिला सिफारिस


भोजपुर, २४ भदौ । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा भोजपुरबाट प्रत्यक्ष तर्फ एक जना मात्र महिलाको नाम सिफारिस भएको छ । देशभरका महिलाहरुले प्रत्यक्ष उमेदवारको माग गरिरहेका छन् । मुख्य दलहरु नै महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउन इच्छुक देखिदैनन् । भोजपुरमा भने एमालेले मात्र महिलालाई प्रत्यक्ष उम्मेदवारमा नाम सिफारिस गरेको छ । एमाले भोजपुरले प्रत्यक्ष तर्फ प्रदेशमा सिर्जना राईको नाम सिफारिस गरेको हो । अन्य दलहरुले भने महिलालाई समानुपातिक तर्फमा मात्र नाम सिफारिस गरेका छन् । एमाले भोजपुरले प्रदेशसभा र प्रतिनिधिसभाको लागि सिफारिस गरेको ३८ जनाको नाममा प्रत्यक्षमा एक र समानुपातिकमा छ गरी सात जना महिलाको नाम सिफारिस गरेको देखिन्छ ।

सृजना राई प्रदेशसभा (ख) प्रत्यक्ष उम्मेदवारमा सिफारिस भएकी हुन् । प्रदेश कमिटी सदस्य रहेकी राई एक सशक्त महिला नेत्रि मानिनुुहुन्छ । राई अहिले एमालेको प्रदेश कमिटी सचिवालय सदस्य तथा अनेमा संघ प्रदेश १ को इन्चार्ज हुनुहुन्छ । निर्वाचनमा टिकट पाए आफुले जित्ने राईको दावी छ ।‘‘भोजपुरबाट प्रत्यक्ष महिला उम्मेदवारमा मेरो नाम सिफारिस भएको छ’’ राईले भनिन्‘‘ अन्य राजनितिक दलहरुले महिलालाई टिकट दिन हिचकिच्याउने गरेका छन् । यदि मैले टिकट पाए भने निर्वाचन जित्छु ।’’

काङ्गेस भोजपुरले प्रदेशसभा र प्रतिनिधिसभाको लागि सिफारिस गरेका ३५ जना मध्ये पाँच जना महिला रहेका छन् । काङ्गेसले पनि महिलालाई समानुपातिकमा मात्र नाम सिफारिस गरेको छ । त्यस्तै माओवादी केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभामा बाह्र जनाको नाम सिफारिस गरेको छ । माओवादीले सिफारिस गरेको नामवलीमा तीन जना महिला समानुपातिक उमेदवार सिफारिस भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार