लोकतान्त्रिक आदिवासी जनजाति महासंघ भोजपुरको अध्यक्षमा प्रधान


भोजपुर १० भदौ । नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ भोजपुरको अध्यक्षमा लाल बहादुर प्रधान चयन भएका छन् । सदरमुकाममा भएको महासंघको प्रथम अधिवेशनले लाल बहादुर प्रधानको अध्यक्षतामा ३५ सदस्यीय कमिटी चयन भएको हो ।

महासंघको उपाध्यक्षमा हेमराज राई, सचिवमा अर्जुन तामाङ, सहसचिवमा रेनुका भुजेल र कोषाध्यक्षमा फुदोर्ची शेर्पा चयन भएका छन् । नयाँ नेतृत्वलाई महासंघका वरिष्ठ उपाध्यक्ष, पूर्वमन्त्री एवं संविधानसभा सदस्य कृपाशुर शेर्पा, उपाध्यक्ष पीके राई, महासचिव पेम्बा भोटे, जिल्ला कमिटी अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मकर खड्कालगायतले बधाई दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार