भोजपुर, १८ साउन । यहाँको पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्मामा १९८८ मा जन्मनु भएकी मिता राई उमेरले ९१ वर्ष पुग्नुभयो । उहाँ अहिले राज्यले दिएको बृद्धभत्ताले जीवन गुजारा गर्दै आउनु भएको छ । गाउँपालिका केन्द्र च्याङग्रेमा उहाँको नामको बैंक खाता छ । उहाँलाई बैंकमा पुगेर आफ्नो भक्ता लिन निकै समस्या छ । बुढौली ज्यान हिँडेर जान समस्या । सवारी साधन रिजर्भ गर्दा बढी खर्च हुने । त्यसमाथि बैंकमा गएर लाइन बस्नु उहाँलाई धेरै नै समस्या थियो ।
तर अहिले गाउँपालिकाले विषेश गरेर बृद्धबृद्धा तथा अशक्त नागरिकलाई लक्षित गरेर वडा कार्यालय तथा टोलस्तरबाट भत्ता वितरण गरेपछि उहाँ दंग हुनुहुन्छ ।
वृद्धा राईले भन्नुभयो,‘‘सरकारले दिएको वृद्धाभत्ता बुढेस कालको सहरा बनेको छ । यहि भक्ताले दैनिक जीवनयापन गर्दै आएको छु । तर भक्ता लिन जान निकै समस्या थियो । गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ । आउन जान नै मलाई समस्या छ । अहिले यहाबाट भत्ता पाउदा निकै हर्षित छु । ’’
गाउँपालिकाले मंगबारबाट घुम्ती शिविर मार्फत टोलका मानिसहरु भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भक्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भक्ता लिन सहजता थप्नको लागि यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।
अध्यक्ष राईले भन्नुभयो,‘‘गाउँपालिका केन्द्रमा रहेको बैंकबाट भत्ता वितरण गर्दा उहाँहरुलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाट वितरण थालेका हौँ । ज्येष्ठ नागरिक तथा अशक्तलाई यहाँ आउन अत्यन्तै समस्या छ । यो कार्यलाई चौमासिक रुपमा सबै वडामा सञ्चालनमा ल्याएका छौँ । अव उहाँहरुले आफ्नो घर पायक पर्ने ठाउँबाट भत्ता पाउनु हुन्छ ।’’
सरकारले राहतको रुपमा दिएको सामाजिक सुरक्षा भत्ता लिन आउदा समस्या भएको गुसानो आफुसम्म आएपछि कार्यपालिका बैठकबाट निर्णय पारित गरेर कामको थालनी गरेको उहाँको भनाइ छ । गाउँपालिकाबासी नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउने गरी काम गर्ने अध्यक्ष राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो,‘‘स्थानीय सरकारले जनतालाई सहज रुपमा सेवा पु¥याउने हो । जनताको पिरमार्का तथा समस्या बुझेर काम गर्न सकियो भने उहाँहरुको मनजित्न सकिन्छ । त्यहि अभिलाशाका साथ यो कामको थालनी भएको हो । आफ्नै ठाउँमा भक्ता बुझ्न पाउदा उहाँहरुले खुसी व्यक्त गर्नु भएको छ । यसमा मलाई गर्व लाग्छ ।’’
हालसम्म गाउँपालिका भरि एक हजार ४७१ जनाले भत्ता पाउदै आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नबीन भट्टराईले जानकारी दिनुभयो । कार्यपालिकाको निर्णय अनुसार बैंक तथा सुरक्षा निकायसंग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको उहाँको भनाइ छ । प्रशासकिय अधिकृत नबीन भट्टराईले भन्नुभयो,‘‘ खासमा उहाँहरुलाई भक्ता लिनको लागि आउन हुने समस्यालाई ध्यानमा राखेर कामको थालनी गरेका छौँ । बृद्धबद्धा तथा असक्तलाई त यहाँ आउन धेरै कठिन छ । नागरिकहरुको यहाँसम्म आउदा यातायात लगाएतमा खर्च हुने, विभिन्न झन्झट हुने समस्याको अन्त्य भएको छ ।’’
घर पायकमै भक्ता पाउदा आफुलाई स्थानीय सरकार भएको अनुभूति भएको ठुलोदुम्माका बृद्ध मनपाल राईले बताउनुभयो । परिवारका सदस्यको साहारामा गाउँपालिकासम्म पुग्दा धेरै समस्या भोगेको उहाँले अनुभव सुनाउनभयो । वर्षात समयमा सवै ठाउँमा सवारी साधन नपुग्ने भएकोले धेरै समस्या हुने गरेको उहाँले बताउनुभयो । बृद्ध राईले भन्नुभयो,‘‘ आफ्नै ठाउँबाट भक्ता लिन पाउदा साह्रै खुसी लागेको छ । गाउँपालिकाले हामी जस्ता बृद्धबृद्धालाई माया गरेर थालेको यो काम प्रसंशायोग्य छ । बेला बेलामा गाउँपालिकाले तातो कपडा तथा खानेकुरा पनि दिन्छ । यस्तो गरेको देख्दा स्थानीय सरकार भएको अनुभूति हुन्छ । यस्तो राम्रो काम गर्ने सवैलाई आर्शिवाद दिन्छु ।’’
गाउँपालिकाले शारिरिक रुपमा अशक्त भएर समाजिक सुरक्षा पाईरहेकाहरुलाई सहयोगीहरु पनि वितरण गर्दै आएको छ । अशक्त नागरिकलाई हिडडुलमा सहजता पु¥याउने उदेश्यले उनीको आवश्यकताका आधारमा त्यस्ता सहयोगी सामग्री वितरण गर्दै आएको गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताउनुभयो । उपाध्यक्ष राईले भन्नुभयो,‘‘ हामीले सामाजिक सुरक्षा भत्तालाई वडास्तरबाट वितरण थालेका छौँ । शारिरिक रुपमा असक्तहरुलाई सहयोग सामग्री वितरण गर्दै आएका छौँ । उहाँहरुको समस्यालाई हामीले नजिकबाट नियालेर गाउँपालिकाको गतिविधि बढाएका छौँ ।