पौवादुङमाका अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्रीसंगै झोला वितरण


भोजपुर, ३० असार । भोजपुरको पौवादुङमा गाउँपालिकाका अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसंगै झोला वितरण गरिएको छ । गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसनको सहकार्यमा यहाँका २४ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई सामग्री दिइएको हो । ६ ओटै वडाका वालबालिकाहरुको खोजी गरेर सामग्री वितरण गरिएको अपाङ्गता सरोकार पुनः स्थापना केन्द्रले जनाएको छ ।

सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष किरण राईले फरक क्षमता भएका बालवालिकालाई पठानपाठनमा प्रोत्साहन गर्ने उद्धेश्यले विभिन्न शैक्षिक सामग्रीसँगै झोला वितरण गरिएको बताए । अध्यक्ष राईले भने,‘हामीले कोहि पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्नको लागि विभिन्न खाले अभियान सञ्चालन गरिरहेका छौँ । कमजोर शारिरिक अवस्था आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान नसेका वालबालिकालाई लक्षित गरेर सामग्री दिएका छौँ । यसले उनीहरुलाई विद्यालय जानमा प्रोत्साहन मिल्छ भन्ने हामीले आशा गरेका छौँ ।’’

वालबालिकाकालाई उनीहरुको घर तथा टोलटोलमा पुगेर सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ, उपप्रमुख अनिशा खड्का, गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराई लगाएत गाउँपालिकाको विभिन्न शाखाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार