असार १०, भोजपुर । रामप्रसादराई गाउँपालिका भोजपुरले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाको १० औँ गाउँसभा सम्पन्न गर्दै शुक्रबार आफ्नो निति तथा कार्यक्रम सार्वजातिक गरेको हो । गाउँपालिका अध्यक्ष थामबहादुर राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले विनियोजन विधेयक अन्तर्गत पैतालिस करोड एकहत्तर लाख साठ्ठी हजारको बजेट प्रस्तुत गरेका छन् ।
रामप्रसादराई गाउँपालिकाले विशेष गरि स्वास्थ्य, शिक्षा र कृर्षीमा जोड दिएको छ । शिक्षा,स्वास्थ्य,कृर्षी र पर्यटन पूर्वाधार संगै सँस्थागत शुसानलाई प्रथामिकता दिएको छ ।