पौवादुङमाले दियो १५० विपन्न परिवारलाई सोलार सेट


भोजपुर,१७ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई एक सय ५० थान सोलार वितरण गरेको छ । सोमबार बसेको कार्यापालिकाको पहिलो निर्णय अनुसार ८० वाट क्षमताको एक सय ५० थान सोलार सेट वितरण गरेको हो ।

वितरण गरिएका सोलार सेटबाट १० देखी १२ ओटासम्म बक्ती बाल्न सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा रु. ४० लाख लागतमा सोलार सेट वितरण गरेको गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकामा विद्युत् विस्तारको काम भइरहेको भएपनि दुर्गम भेगका नागरिकलाई तत्काल विद्युत् विस्तार गर्न नसकिने भएको हुदा कोही पनि नागरिक विद्युत् सेवाबाट बञ्चीतनहुन भनेर सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राईले भने,‘ यहाँका गरिब तथा विपन्न परिवारलाई सोलार वितरण गरेका छौँ । खास गरेर अहिले विद्युत्को सेवाबाट बञ्चित स्थानीयलाई सोलार दिएका हौँ । विगतका वर्षमा पनि हामीले गरिव तथा विपन्न परिवारलाई सोलार दिँदै आएका छौँ ।’ अध्यक्ष राई बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट पुनः दोश्रो पटक निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार