सैनिक श्रीमती संघद्धारा भोजपुरका विद्यालयहरुमा शैक्षिक सामग्री वितरण तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


सैनिक श्रीमती संघ काठमाण्डौले भोजपुरका विद्यालयहरुमा शैक्षिक सामग्री वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । समाजिक सेवामा योगदान पु¥याउने लक्ष्यले संघले शिविरसँगै कम्प्युटर लगायत विभिन्न सामग्री वितरण गरेको हो । सैनिक श्रीमती संघले यहाँका तीन ओटा विद्यालयलाई शैक्षिक संगै विभिन्न सामग्री वितरण गरेको हो । संघले अन्नपूर्ण बाघधन रणदिपाराई माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यामिक विद्यालयलाई शैक्षिक र बाहिरा आवशिय आधारभुत विद्यालयलाई शिरक संगै खाद्यान्नका सामग्री वितरण गरेको हो । संघले कम्प्युटर, पोजेक्टर स्क्रीन, विभिन्न खेलकुदका सामग्री, हार्मोनियम, गितार, मादल, स्टेसनरी, कम्प्युटर र कम्प्युटर कुर्सी, टेबल लगायतका सामग्री वितरण गरेको हो । विद्यालयको शैक्षिक विकासमा संघले गरेको काम प्रशंसायोग्य रहेको विद्यालयले जनाएको छ ।

संघले अन्नपूर्ण बाघधन रणदिपाराई माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यामिक विद्यालयलाई गरेर चार ओटा कम्प्युटर, दुई ओटा प्रोजेक्टर, विभिन्न ६ प्रकारका खेलकुदका सामग्री, चार÷चार ओटा गितार र मादल, दुई ओटा हार्माेनियम, ७ सय थान शैक्षिक र १०÷१० ओटा, कम्प्युटर टेवल र कुर्सी वितरण गरेको हो । त्यस्तै बाहिरा आवाशिय विद्यालयका २१ जना विद्यार्थीलाई सिरक र खाद्यान्न वितरण गरेको छ । सैनिक श्रीमती संघ एक गैरराजनीतिक, गैर नाफामूलक, स्वैच्छिक, सामाजिक सेवा उन्मुख संस्था रहेकोले यसले विभिन्न समयमा समाजिक काम गर्दै आएको संघकी सचिव सोभना पौड्याले बताईन् ।

शैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माको जन्मस्थल टेम्केमैयुङ गाउँपालिका ४ नागीमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । नेपाली सेना फष्ट रैफल गण भोजपुरको व्यवस्थापन तथा समन्वयमा दन्त सेवा, स्त्रीरोग, जनरल फिजिसियन सेवा सञ्चालन गरिएको हो । शिविरबाट १६८ जनाले स्वास्थ्य सेवा लिएका छन् । संघले दुर्गम क्षेत्रलाई लक्षित गरेको काम समाजका लागि उदाहरणीय रहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए छ ।

भोजपुर आएको अबसरमा संघकी अध्यक्ष सुनिता शर्माले फष्ट रैफल गणमा कार्यरत महिला सैनिकहरुका बच्चालाई लक्षित गरी स्थापना गरिएको शिशु स्याहार केन्द्र र अन्नपूर्णमा स्थापना भएको कम्प्युटर ल्याबको उद्घाटनसमेत गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार