भोजपुर, ४ जेष्ठ । भोजपुरको पौवादुङमा गाउँपालिकामा एमालेले बहुमत हासिल गरेको छ । गत २०७४ सालमा त्यति सन्तोषजनक नतिजा ल्याउन नसकेको यो गाउँपालिकामा यस पटकको निर्वाचनमा बहुमत हासिल गरेको हो । खास गरेर यहाँका उम्मेदवारको दुरदृष्टि र गाउँपार्टी कमिटीले निर्वाह गरेको भूमिका महत्वपूर्ण देखिएको स्थानीय बताउछन् ।
चुवानी मोर्चाको संयोजकको जिम्मेवारी सम्हालेका गाउँपार्टी अध्यक्ष ज्ञानेन्द्र राईले खेलेको भूमिका प्रशंसायोग्य रहेको यहाँँको गाउँ कमिटीले जनाएको छ ।
आफ्ना पार्टीका उम्मेदवारलाई भारी बहुमतले निर्वाचित गर्न युवा परिचालनदेखि चुनाव गतिविधिमा राईले तयार गरेको योजना अनुसार काम गर्दा बहुमतका साथ बिजयी बन्न सफल भएको गाउँपालिकाका नव निर्वाचित अध्यक्ष किरण राईले बताए ।
अध्यक्ष राईले भने,‘ हामीलाई यो निर्वाचनमा बिजयी गराउनेमा धन्यवादको पात्र हुनुहुन्छ ज्ञानेन्द्र राई । गाउँ पार्टी अध्यक्षको हैसियतले उहाँको नेतृत्वमा यहाँका बुद्धिजिवी, समाजका अगुवा, युवा तथा आममतदाताले खेल्नु भएको भूमिका नै जितको मुख्य कडि हो । एमालेप्रतिको जनतामा रहेको भरोसा पुरा गर्न हामी बहुमतका साथ जनताको सेवक हुन पाउदा खुसी लागेको छ ।’
गाउँपार्टीले तयार गरेको चुनावी रणनीतिलाई सफल रुपमा कार्यान्वयन गरेको कारण पौवादुङमा गाउँपालिकामा बहुमतका साथ जित निकाल्न सफल भएको पौवादुङमा गाउँ पार्टी सचिव देउमान राईले बताए ।
राईले भने,‘ एक त हाम्रा उम्मेदवारहरु जनतामा रुचाइएका उच्च छवि बनाएका व्यक्तित्व हुन् । उहाँहरु जनताको मनमा बस्न सक्ने क्षमता भएको हुनु हुन्छ । योसँगै उहाँहरुलाई विजयी गराउन खास गरेर ज्ञानेन्द्र राईको नेतृत्वमा भएका चुनावी रणनीति नै हाम्रो बिजयीको पहिलो आधार हो । त्यसको कारण नै पौवादुङमा बहुमतको सरकार बनाउन सफल भएका छौँ ।’
युवासंघको अध्यक्ष हुँदै अहिले राष्ट्रिय युवा केन्द्रीय सचिवालय सदस्य र युवा संघ भोजपुर जिल्ला इन्चार्ज रहेका ज्ञानेन्द्र राई एक उदयमान युवा नेता हुन् । पौवादुङमा गाउँ पालिका सानोदुम्मामा जन्मिएका राई आफ्नो जिम्मेवारीलाई पुरा गर्नेमा निकै कर्मठ र सशक्त युवा नेताको छबी बनाएका युवा हुन् । पार्टीको विभिन्न जिम्मेवारी सफलताका साथ पुरा गर्दै आएका राई अहिले पौवादुङमा गाउँपार्टीको अध्यक्ष हुन् ।
अध्यक्ष राईले भने,‘ हामी यो निर्वाचनमा बहुमत हासिल गर्न सफल भएका छौँ । यसको संयोजकको हिसाव के कति गर्न सके त्यसको पार्टीले र जनताले मुल्याङन गर्नेछ । यो आमपार्टी पंतीको सफलता हो । मैले नेतृत्व गरेको चुनावी मोर्चा सफल बनाउन आ–आफ्नो ठाउँबाट महत्वूर्ण भूमिका खेल्नु हुने जिल्ला पार्टी नेतृत्व, यहाँका बुद्धीजिवी, पौवादुङमाबासी युवा, आम जनता, सहकार्य गर्ने अन्य पार्टीहरु, पत्रकार तथा आम सञ्चारकर्मीलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुकै कारण हामीले हाम्रा उम्मेदवारहरुलाई भारी बहुमतले विजयी गराउन सफल भएका छौँ ।
यस पटक राईको चुनावी अगुवाइमा भएको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष दुवै पद भारी मतान्तरका साथ नेकपा एमालेले जित हासिल गरेको छ । यहाँ एमालेका किरण राई २४९९ र ज्योत्सना राई २४०६ मत ल्याएर विजयी बने । अध्यक्ष पदमा माओवादीका नगेन्द्र भुजेल ‘शैलेन्द्र’ ले क१६८८ मत र नेपाली काङग्रेसका टेकनरसिं कार्की ‘मनोज’ले १३७१ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा माओवादी केन्दकी सम्झना राईले १७६९ मत र कांग्रेसकी रामकुमारी राईले १३८७ मत प्राप्त गरेकी थिइन् ।