टेम्केमैयुङमा एमालेको घोषणा-धामीझाँक्री, पुरोहित र धर्मगुरुलाई भत्ता


भोजपुर, २७ बैशाख। नेकपा एमालेले टेम्केमैयुङ गाउँपालिकामा धामीझाँक्री, पुरोहित, लामालाई भत्ताको व्यवस्था गर्ने एजेण्डा अघि सारेको छ । समाजमा अगुवाइको भूमिका निर्वाह गर्दै स्थानीयबासीको आशा र भरोसाका केन्द्र मानिने यी समुदायको सम्मानस्वरूप आफूहरूको नेतृत्वमा भत्ता दिने योजना एमालेले अघि सारेको हो ।

ुधामीझाँक्री, नाक्छोङ, पुरोहित, लामा, धर्मगुरु भनेका समुदायका पथप्रदर्शक हुन् । यो हाम्रो संस्कृति, परम्परा र इतिहाससँग जोडिएको विषय पनि हो । उनीहरूलाई उत्साहित गर्न सक्यौं भने हाम्रो रितिरिवाजले निरन्तरता पाउँछ । त्यसैले यसमा हामी संवेदनशील छौं । उहाँहरूसँगै बसेर उनीहरूको जीविका र परम्पराको संरक्षणका लागि ठोस योजना ल्याउँछौ जसले संस्कृति सम्वर्द्धनमा स्थानीय सरकार जिम्मेवार देखाउन खोजेका हौं । अध्यक्षका उम्मेदवार ध्रुवराज राईले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार