पूर्वबाट पौवादुङमा प्रवेश गर्ने मुख्य प्रवेशद्धारको उद्घाटन


भोजपुर ५ साउन । पूर्वी क्षेत्रबाट पौवादुङमा गाउँपालिका प्रवेश गर्ने मुख्य प्रवेशद्धारको मंगबार उद्घाटन भएको छ । गाउँपालिकाले अरुण गाउँपालिकासंगको सिमना वडानं २ स्थित तिवारी भंज्यांगको सोसेटारमा प्रवेशद्धार निर्माण गरेको हो । पुष्पलाल मध्येपहाडी लोकमार्ग अन्तर्गत गाउँपालिका प्रवेश गर्ने मुख्य नाका सोसेटारमा १३ लाख लागतमा सुन्दर स्वागत प्रवेशद्धार निर्माण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष किरण राईले गेटको उद्घाटन गरेका हुन । ‘अरुण गाउँपालिकासंगको सिमना सोसेटारमा गेट निर्माण गरेका छौँ । यसले हाम्रो गाउँपालिकाको पहिचान दिनेछ ।’ अध्यक्ष राईले भने,‘पहिलो चरण गेट निर्माण गरिएको र अव यस क्षेत्रमा पोखरी निर्माण, गुप्तेश्वर मन्दिर निर्माण र चिल्ड्रेन पार्क, स्विमिङ पुल र रेष्टुरेन्ट निर्माण गरेर पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।’

त्यस्तै प्रवेद्धारको नजिकै पौवादुङमा गाउँपालिकाको चिनारी झल्किने कलात्मक तस्विरहरू राखिने समेत अध्यक्ष राईको भनाइ छ । यो प्रवेशद्धार पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्दछ । यो मार्ग हुँदै लामो तथा छोटो दुरीका सवारी साधान समेत चल्ने भएकाले यात्रुहरुलाई थकानको क्रममा यहाँ निर्माण गरिएको पोखरी, गुप्तेश्वर मन्दिर र चिल्ड्रेन पार्क, स्विमिङ पुल र रेष्टुरेन्ट बसेर केही समय मनोरञ्जन लिन सक्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार