विश्वमा फैलिरहेको कोरोना महामारीले शिक्षा क्षेत्र पनि आक्रान्त बनेको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ताले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने हुनाले सावधानी अपनाउन सुझाउनुले अबका दिन अझ सकसपूर्ण आउदैनन् भन्न सक्ने अवस्था छैन । त्यसैले कोरोना महामारी सकिन्छ र पठनपाठन अगाडी बढाउने भन्दा पनि चुनौतीको विचमै अवसर खोज्न आवश्यक छ । शिक्षा क्षेत्रका संवाहक मानिएका शिक्षकहरुलाई मर्यादाक्रममा नराखिनु ,कोरोना भ्याक्सीन उपलब्ध नगराउनुले पनि राज्यले शिक्षा क्षेत्रलाई हेर्ने नजरअन्दाज गर्न सकिन्छ । सयौँको संख्यामा शिक्षकहरुले मृत्युवरण गरी सक्दा पनि भ्याक्सिन उपलब्ध गराउनको सट्टा बजेट विनियोजनमा अन्य कर्मचारीको तुलनामा विभेद गरिनुले शिक्षक समुदाय नै निराशाजनक हुनु स्वभाविकै हो । यसो भनेर सम्पूर्ण दोष सरकारलाई थुपार्ने मात्र हैन सकारात्मक कुराहरु हेर्दा सरकारको बैकल्पिक माध्यमबाट पठनपाठनलाई अगाडी बढाउने नीति समयसान्दर्भिक छ । नीजी विद्यालयहरुले विभिन्न विकल्पहरु खोजी पठनपाठन कार्य जारी राख्दा आंशिक मात्रमा मात्र सामुदायिक विद्यालयहरु अग्रसर छन् तर अरु सामुदायिक विद्यालय निश्क्रिय बस्नुले समाजमा आलोचनाको पात्र बनिरहेको अवस्था सोचनीय विषय रहेको छ ।
यस्तो अवस्थामा खोप खरिद र स्वास्थ्य सम्बन्धि सचेतनामा बजेटलाई केन्द्रित गरी शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धि तालिम दिई दक्ष बनाउन आवश्यक छ । यसो भएमा बन्दाबन्दी नै भईरहे पनि केही मात्रामा भएको श्रोत साधन प्रयोग गरी सिकाइलाई निरन्तरता दिन सकिन्छ । अन्य सरकारी निकाय तथा सेवा प्रदायक संघ संस्थाहरुले पनि आपm्नो भूमिका जिम्मेवारीबोधका साथ गर्न आवश्यक छ । नेपाल विद्युत प्राधिकरणले विद्युत आपुर्ती नियमित गर्नु , टेलिकमले नेटवर्किङ् सेवामा नियमितता गर्नु , छपाई केन्द्रले समयमा पाठ्यपुस्तक छपाई गर्नु ,स्थानीय निकायले समयमा पाठ्यपुस्तकको रकम निकासा गर्नु , विद्यालयहरुले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउनु आवस्यक छ । सामाजिक सञ्जालहरुमा अनलाइन गेम ,अस्लिल भिडियो ,अनावश्यक विज्ञापन र फेक न्यूजहरु पोष्ट नगरी सन्देशमूलक र ज्ञानबर्धक विषयवस्तु प्रसारण गरे यसबाट पठनपाठनलाई अवस्य टेवा पुग्नेछ ।
शिक्षक कर्मचारीले पनि स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्ने , आफूले प्राप्त गर्ने सेवासुविधा मात्र नहेरी सेवामूलक कार्यहरु पनि गर्ने , सरकारको मुख मात्र ताक्नको सट्टा सकेसम्मका संयन्त्र प्रयोग गर्ने र संभावनाको खोजी गरी सम्बन्धित निकायलाई रचनात्मक सुझाब र सहयोग गर्न सकिन्छ भने नेट,टिभी,रेडियो ,फोन आदिमा क कस्को पहँच कस्तो छ भनी आफ्नो विद्यालयको सर्वेक्षण गरी समूह निमार्ण गरी नेटको पहुँच हुनेको समूह निर्माण गरी उनीहरुलाई जुम,टिम्स आदिबाट शिक्षण गर्न सकिन्छ भने टिभी र रेडियो हुनेलाई पठनपाठन हुने समय तालिका उपलब्ध गराएर पढ्न लगाउन सकिन्छ भने मोबायलमात्र हुनेलाई मोबायलबाट पठनपाठन गर्न सकिन्छ । मोबायल पनि नहुनेहरुलाई नहुनको कारण सोधी किन्न प्रोत्साहन गर्ने र किन्न पनि नसक्नेलाई तथ्याङ्कका आधारमा कुनै दाता खोजी गरेर अनि कसैका एक्स्ट्रासेट भएमा चलाउन दिन अनुरोध गरिदिन पनि सकिन्छ ।
विद्यार्थीहरुले पनि समयसमयमा विद्यालयका शिक्षकहरुसँग फोन सम्पर्क गरी आफ्ना समस्याहरु राख्ने , भईरहेका नविनतम गतिविधिका बारेमा जानकारीका लागि उत्सुक रहन सकिन्छ भने अभिभावकहरुले आपm्ना छोराछोरीका गतिविधिका बारेमा शिक्षकहरुसँग जानकारी गराउन सकिन्छ र शिक्षकले दिएका कार्यहरु गर्न प्रोत्साहन गर्नुपर्छ । हाम्रो देश भौगोलिक विकटता भएको त्यसमा पनि मौसम प्रतिकुलताको अवस्था छ । आधुनिक प्रविधिको विकास र प्रयोगमा कठिनता छ तर त्यसको बाबजुद पनि लाभलिन कोशिश गर्नुपर्छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षाका शिक्षक विद्यार्थीका लागि सिकाई सम्पर्क कायम गर्न कक्षा ४ भन्दा माथिका विद्यार्थीहरुलाई निशुल्क पाठशाला सिमऋयिकभम ग्कभच न्चयगउ ९ऋग्न्० मा आबद्घ गर्ने योजना ल्याएको छ । यसको सहजीकरण गर्ने कार्य प्रबिधिमैत्री शिक्षक समाज ,नेपाललाई दिएको छ । यस प्रविधिमैत्री शिक्षक समाज ,नेपालले विगत समय देखि शिक्षकहरुलाई निशुल्क कम्प्युटर तालिम संचालन गरिरहेको र शिक्षा क्षेत्रमा प्रविधिको प्रवेश गराउने उल्लेखनीय कार्य गरीरहेको हुनाले यस संस्थाको उच्चतम मूल्यांकन गर्न र हौसला प्रदान गर्न आवश्यक छ । यसरी प्रविधि मार्फत सबै अघि बढेमा कोठा मै बसेर पनि सिकाई हुने हुनाले पठनपाठनलाई आशिँक रुपमा भएपनि अगाडी बढाई चुनौतिलाई अवसरको रुपमा प्रयोग गर्न सकिन्छ ।
योगराज लुइटेल, टेम्केमैयुङ गाउपालिका ९,लेखर्क ,भोजपुर ।
शिक्षण : श्री जनकल्याण आधारभूत विद्यालय , भोजपुर ९, काफ्ले ,भोजपुर