भोजपुरमा ५ जनामा कोरोना संक्रमण


भोजपुर २२ जेठ ।  भोजपुरमा ५ जनामा कोरोनो संक्रमण देखिएको छ । ४८ जनामा गरिएको पीसिआर परिणमा ५ जनमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । भारतबाट आएका ४२ जना, सुरक्षा कर्मी ४ जना र २ जना स्थानियको पीसिआर विधीबाट कोरोना परिक्षण गरिएकोमा भारतबाट आएका षडानन्द नगरपालिकाका १७,१९,२९,३०,३२ वर्षीय ५ जनामा पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय भोजपरले जनाएको छ । सक्रमित हुने सवैजना जेठ १३ गते सुनौली नाकाहुदै भोजपुर आएका थिए । प्रदेश सरकारले संक्रमण देखिए पनि विरामी नभएकालाई कोरोना विशेस अस्पतालमा नपठाउनु भनेकाले उनिहरुलाई व्यवस्थापन गर्ने विषयमा छलफल भईरहेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।  भारतबाट आएका सवै जनालाई अरुण गाउँपालिका स्थित जरायोटारमा होल्डिङ सेन्टर राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार