बागलुङ । बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्र्यालयले जनाएको छ । लु१च ७७१८ नंको पिकअप जिप बडिगाड गाउँपालिका–२ सक्न्यार टुटीफेदमा दुर्घटना भएको हो । खर्वाङबाट बिरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा वडा नं ३ शिसाखानी बस्ने चालक रमेश श्रीष, सोही स्थानका शान्ति थापा, विविशा थापा, नुनु रेश्मी र चुराकुमारी थापा घाइते भएका छन् ।घाइतेमध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचारपछि पाल्पास्थित मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । गुडिरहेको जिपको अचानक टायर खुस्किँदा सडकबाट झण्डै २०० मिटर तल खसेको छ ।
जिप दुर्घटनामा पाँच जना घाइते
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office
-
पूर्वमुख्यमन्त्री राईले हेर्ने कथाका पात्र प्रकाशलाई प्रदान गरे जग्गा