पौवादुङ्मा गाउँपालिका -१ श्यामशीलाका जनताको सपना पुरा गरेरै छाड्छु : नवनिर्वाचित वडा अध्यक्ष जितेन्द्र राई


भोजपुर १५ मंसिर ।भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर १ श्यामशीलाका नवनिर्वाचित वडा अध्यक्षले सफत ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्ष जितेन्द्र राईलाई मुख्य निर्वाचन अधिकृत खीलनाथ रेग्मीले सफत ग्रहण गराएका हुन । तत्कालीन वडा अध्यक्ष रुद्र बहादुर पाण्डेको निमोनीयाका कारण गत साउन १८ गते मृत्यु भएपछि १ नम्बर वडाको अध्यक्ष पद रिक्त्त रहेको थियो । रिक्त्त पदका लागि शनिवार उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा तीन दलले भाग लिइएका थिए । अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार राईले नेपाली काङग्रेसका उम्मेदवार सम्मर बहादुर कार्कीलाई ४ सय ३७ मतान्तरले हराउँदै विजयी भएका हुन ।

राईले ६ सय ९१ ल्याएका थिए भने उनका प्रत्यासी कार्कीले २ सय ५४ मत प्राप्त गरेका थिए । त्यस्तै मंगोलनेसनल अर्गनाइजेसनका उम्मेदवार कला राईले ३ मत प्राप्त गरेकी थिईन । सफत ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचीत अध्यक्ष राईले श्यामशीलाका जनताको सपना पुरा गर्नका लागि प्रदेश सरकार संग समन्वय गरेर काम गर्ने बताएका छन् । उनले जनताको न्युनतम आवश्यकताहरु खानेपादी , विद्युत, सडक लगाएतलाई पहिलो प्राथामीकतामा राखेर काम गर्ने बताए । जिल्ला न्यायाधीस खीलनाथ रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्का, पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राई, उपाध्यक्ष सम्झना राई लगाएत नेकपाका नेताहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार