कठमाडौं । भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्द एयरले कोलकाता उडान बन्द गर्ने भएको छ । कोलकाता उडान शुरु गरेको ६ महिनामै रु १० करोड भन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्द एयरले जनाएको छ । सो एयरका बजार व्यवस्थापक रुपेश जोशीले यही मङ्सिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिए । नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन नसक्दा भ्रमर्ण वर्षको सङ्घारमा उडान बन्द गर्नु परेको बुद्ध एयरले जनाएको छ । कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने बजार निर्देशक जोशीले जानकारी दिए । कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण ९क्यान० र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ । बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२–५०० विमानबाट काठमाडौँ–कोलकाता उडान शुरु गरेको थियो । सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी ६ महिनामा १५० उडानमार्फत ६ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ ।
कोलकाता उडान बन्द गर्दै बुद्द एयर
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office
-
पूर्वमुख्यमन्त्री राईले हेर्ने कथाका पात्र प्रकाशलाई प्रदान गरे जग्गा