आफ्नै घाँटीमा चक्कुले काट्दा एक जनाको मृत्यु


झापा । झापा दमक नगरपालिका(६ बस्ने १ जनाले आफ्नै घाँटीमा चक्कुले काट्दा उनको मृत्यु भएको छ। हिजो दिउसो सवा २ बजे आफ्नै घरमा ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए । लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा निरौलाको राती सवा ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार