जनकपुरधाम, ६ मंसिर। जनकपुरधाम क्षेत्रका किसान अहिले सिंघारा खेतीतर्फ आकर्षित भएको छ । बजारमा माँगल वढेपछि किसानहरु आकर्षित भएका छन । तराईकम हरेबक चोकहरुमा बिक्रीगर्दै देखिन्छ । थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने गरेको स्थानीयवासीहरु बताउँछन् । पूजामा प्रसादीको रुपमा पनि चढाउन सकिन्छ यसका साथै सुपाच्च फलपनि रहेको छ ।
मनग्य आम्दानी हुने भएको देखेपछि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, वारा, पर्सा, रौतहटलगायत प्रदेश २ का सयौँ बिघा पानी जमेको जग्गामा अहिले सिंघारा (फल)खेती गरिएको छ । पानीमुनि लहरामा फल्ने सिंघारा एक प्रकारको गुलियो र सुन्दर फल हो । जुन स्वास्थ्यका लागि शीतल र पौष्टिक भएकाले स्थानीयस्तरमा निकै लोकप्रिय रहेको छ । पानी जमेको खेतमा ठूलो मात्रामा ९काँडेदार गुलाफी रंगका सुन्दर र मीठो फल० सिंघारा खेती गरिएको हो ।
यस वर्ष जिल्लामा पटक–पटक गरी भएको भारी वर्षाका कारण जताततै पानी जमेको हुनाले जलेश्वर, मटिहानी नगरपालिका र वरिपरिका गहिरो खेत, तलाउ र पोखरीमा ठूलो मात्रामा ९काँडेदार गुलाफी रङका सुन्दर र मीठो फल० सिंघारा खेती गरिएको छ मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले वताए ।
निकै कम मेहनत र थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने भएकाले जलेश्वर र वरिपरिका धेरै किसान यसपालि सिंघारा खेतीतर्फ आकर्षित भएको जलेश्वर–१ का किसान विजय मुखियाले बताए । यसैबीच वर्षौंदेखि बाँझो रहेको जलाशयमा पनि यस वर्ष लगाइएको सिंघारा खेतीमा स्थानीय १०० बढी घर परिवार लागेको जलेश्वर–६ का किसान मनोज मुखियाले बताए ।
निकै मीठो र लोकप्रिय सिंघारा प्रत्येक वर्ष असोज र कात्तिक महीनादेखि नै तयारी हुन्छन् भने स्थानीय बजारमा प्रतिकिलो रु ४०÷५० देखि ६०÷७० बिक्री हुने गरेको र यसबाट आफूहरुले प्रत्येक वर्ष लाखौँ आम्दानी गर्ने गरेको जनकपुरधाम २५ का किसान मोह्ममद मजिवुलले बताए । मिथिालाञ्चलभरि पूजाआजामा प्रसादको रुपमा समेत प्रयोग हुने सिंघारा बालबालिका, बूढापाका र पेटका रोगीले बढी मन पराउने गर्दछन् भने साधारणतया जोसुकैले पनि वर्षमा एकचोटी बजारमा आउने यो मीठो फल अवश्य नै खाने गरेको जलेश्वर–१० का इदरिश अन्सारीले बताए ।
सिंघारा खेतीमा लागेको किसान स्थानीय बजारदेखि सीमापारिका भारतीय बजारमा लगेर पनि सिंघारा बेचेर प्रतिकिसान रु दुई÷तीन लाखसम्म आम्दानी गर्ने गरेको जलेश्वर–८ का किसान लक्ष्मण मुखियाले बताए । सिंघारा खेतीमा हुने मनग्य फाइदा देखेर अचेल यस क्षेत्रका किसान अब सधैँका लागि धानखेती छाडेर यसै खेतीमा लाग्ने मनसायसमेत बनाइरहेको पाइएको छ ।
जनकपुरधाम र वरपरका क्षेत्रमा सिंघाराको व्यावसायिक खेती प्रवद्र्धन र विकास विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने कृषि ज्ञान केन्द्र धनुषसँग यसको खेतीबारे कुनै अभिलेख रहेको छैन । जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले सिंघारा खेतीलाई प्रवद्र्धन गर्नुपर्ने र मौसमी उद्योगकै रुपमा विकास गर्नुपर्ने बताए ।
सिंघारालाई पानीफल पनि भन्ने गरिन्छ । सिंघाराको वैज्ञानिक नाउँ एलिओचारीस डल्सीरहेको छ । सिंघारालाई वाटर कैलट्रोप, वाटर चेस्टनट, लिंग नट, डेविल पाँड, बैट नट र भैंस नट को रूपमा चिनिन्छ । स्वास्थ्यका जानकारहरुका अनुसार सिंघारामा पानी, प्रोटिन, फैट, कार्बोहाइड्रेट, सुगर, एनर्जी, डाइटरी फाइवर, कैल्शियम, जिंक, आयरन, पोटेसिय, सोडियम, आयोडिन, म्याग्नेसियम,विटामिन बी, सी रफस्फोरस समेत रहने गर्छन ।