काठमाडौं, ६मंसिर । बिहीबार नयाँ आएका मन्त्रीहरूले पदबहाली गरेका छन् । पदबहाली गर्दै गर्दा मन्त्रीहरूले समृद्ध नेपाल र सुखी नेपाली बनाउन प्रतिबद्धता गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालले बिहीबार पदबहाली गर्दै गर्दा आफू सबैको लोभ र डरले पछि नपर्ने बताए ।
यसैगरी, उनले कृषि क्षत्रेको विकासका लागि आफ्नो क्षमता र मूलकको प्रतिबद्धतालाई लिएर अघि बढ्ने बताए । यस्तै, उनले परम्परागत कृषिबाट माथि उठाएर व्यावसायिक कृषिको विकासमा केन्द्रित भएर कृषि क्षेत्रलाई अघि बढाउने बताए । मन्त्री भुुसालले निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाललाई बधाई तथा सफलताको कामना गर्दै गर्दा उनले छाडेर गएका अधुरा आयोजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आयात प्रतिस्थापनमा सहयोग पु¥याउँछु ः मन्त्री भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बिहीबार पदबहाली गर्दै गर्दा आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्योगको विकास र प्रवद्र्धन गर्ने बताए । मन्त्री भट्टले पार्टीको घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताए ।
यस्तै, उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउन मुलुकको प्रगति र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास महŒवपूर्ण रहेको बताए । मन्त्री भट्टले राष्ट्रिय गौरवका रणनीतिक आयोजनालाई छिटो अगाडि प्रतिबद्धता जनाएका थिए । जनतासँग जोडिएका सेवालाई छिटो, छरितो र गुणस्तरीय रूपमा उपलब्ध गराउने बताए ।
वैदेशिक रोजगारीलाई सहज बनाउँछु ः मन्त्री यादव
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बिहीबार पदभार ग्रहण गर्दा वैदेशिक रोजगारीमा देखिएका बेथिति र विसंगति हटाउन पहल गर्ने बताए । मन्त्री यादवले वैदेशिक रोजगारीमा धेरै विसंगति रहेको र यसलाई हटाउन आफ्नो भूमिका रहने बताए ।
वैदेशिक रोजगारीलाई सहज सरल बनाउने आफ्नो योजना रहेको बताए । मन्त्री यावदले आफ्नो मन्त्रालयको काम रोजगार दिलाउने पनि भएको भन्दै सकेसम्म स्वदेशमै रोजगारी दिलाउनेतर्फ ध्यान दिने बताए । उनले वैदेशिक रोगजारीको सिलसिलामा हुने भ्रष्टाचार रोक्ने बताए ।