मुआब्जा माग्दै पूर्व प्रधानमन्त्री भट्टराई धर्नामा


काठमाडौं, ५ मंसिर । पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईसहितका जनप्रतिनिधिले बुढीगण्डकी आयोजनास्थल गोरखाको आरुघाट र आर्खेत तथा धादिङको खहरे क्षेत्रको मुआब्जा तोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराई गोरखा क्षेत्र–२ बाट निर्वा्चित सांसद हुन् । उनीसहित राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसहितको टोली बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेको हो ।प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले मुआब्जा तोक्न आलटाल गरेको भन्दै स्थानीयवासीले दबाब दिँदै आएका थिए ।
मुआब्जाको माग गर्दै स्थानीयवासीले ज्ञापनपत्र बुझाउनुका साथै प्रधानमन्त्री, मन्त्री भेट्ने, दलका नेता, प्रमुख जिल्ला अधिकारी र आयोजनालाई गुनासो राख्दासमेत सुरुवाइ भएको छैन ।आन्दोलनअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालयका धादिङमा धर्ना दिने, आइतवार बुढीगण्डकी आयोजनाको कार्यालय घ्याल्चोकमा धर्ना दिने कार्यक्रम रहेको छ । मंसिर १० गतेसम्म मुआब्जा नतोके थप आन्दोलनका गर्ने पीडितको चेतावनी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार