राष्ट्रपतिलाई भेट्न जाँदै प्रम ओली र प्रचण्ड


मन्त्रीपरिषद् परिवर्तनको चर्चासँगै आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदै छन् । बालुवाटार स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका दुई अध्यक्ष राष्ट्रपति भण्डारीलाई भेटन् शीतलनिवास जान लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीपरिषद् हेरफेरबारे  बहालवाला मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार