जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–३ भिट्ठामोडस्थित बस बिसौनीमा अचानक लडेर बेहोस अवस्थामा फेला परेकी अन्दाजी ५०÷५२ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान जनकपुरस्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो । नाम, थर, वतन नखुलेको, गहुँगोरो वर्ण, जीउडाल मोटो भएकी ती महिला भारतको हुनसक्ने प्रहरीको अनुमान छ । अचेत अवस्थामा फेला परेकी महिलालाई गए राति नै प्रहरीले जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचार गराई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगेकोमा सोही अस्पतालमा आज बिहान करीब २ बजे मृत्यु भएको जनाइएको छ ।
अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office
-
पूर्वमुख्यमन्त्री राईले हेर्ने कथाका पात्र प्रकाशलाई प्रदान गरे जग्गा