संघीयताले मुलुक बलियो बनाउँछ मुख्यमन्त्री पोखरेल


बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश बलियो नभए संघीयता नै नहुने बताएका छन् । ‘प्रदेशको ढाँचा र अधिकार हुँदै नभए त्यो संघीयता नै होइन,’ बुद्ध जन्मस्थलीमा लुम्बिनी न्युज फेस्टिवल २०७६ को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेल भने, ‘संघीयताले नै मुलुक बलियो बनाउँछ ।’ संघीयताको बिषयमा मुलुकमा अझैपनि गलत सन्देश दिने कोशिष भैरहेको भन्दै उनले सकारात्मक विचारका साथमा अघि बढ्न उनको आग्रह छ । देश विकासको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सूचना प्रविधिलाई अवसरको रुपमा बदल्ने गरी अबको ध्यान केन्द्रीत हुनुपर्ने उनले बताए । ‘पोखरेलले अबको पत्रकारिता द्विविधामा रहनुपर्ने अवस्था छैन, अधिकार विहीन नागरिकहरु समृद्धिको आधार बन्न सक्दैनन्, अबको अभियान भनेको समद्धिको अभियान हो ।’ उनले भने ।उनले लुम्बिनी, लुम्बिनी क्षेत्रको लागि मात्रै नभएको भन्दै विश्वभरका मानिसहरुको लागि लुम्बिनी साझा शान्तिको थलो समेत भएको बताए । अहिले लोकतन्त्र स्थापित भैसकेको अवस्थामा सबैभन्दा पहिलो अभियान नै राज्य बलियो हुनको लागि नागरिक समाजको आवश्यकता रहेको बताए । सञ्चार क्षेत्रले सकारात्मक चेतना वृद्धि गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार