सिद्धार्थ राणा लगातार छैटौंपटक सर्वाधिक आयकर तिर्ने करदाता बने


काठमाडौं । उद्योगी व्यवसायी सिद्धार्थ राणा लगातार छैटौंपटक सर्वाधिक आयकर तिर्ने करदाता बनेका छन् । कर दिवसको अवसरमा आयोजित विशेष समारोहमा राणाले लगातार छैटौं पटक सर्वोत्कृष्ट व्यक्तिगत करदाताको सम्मान पाए । कार्यक्रममा सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपाल सञ्चालक समितिका निर्देशक राणा कार्यक्रममा उपस्थिति थिएनन् । उनको तर्फबाट सिप्रदी ट्रेडिङका निर्देशक शम्भु दाहालले सम्मान ग्रहण गरेका थिए । उनले तिरेको करको रकम भने सार्वजनिक भएको छैन । सिद्धार्थ राणाकै कम्पनी सिप्रदी ट्रेडिङ पनि सर्वाधिक कर तिर्ने कम्पनीको सूचीमा अग्रस्थानमा रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार