सीमाको विषयमा सरकार लाचारी : पौडेल


पाँचथर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले देश भारतले सीमाको बखेडा निकालेर मुलुक कब्जा गर्न लाग्दा पनि मौन वसेको भन्दै सरकार लाई लाचारीको संज्ञा दिनुभएको छ । पाँचथरको फाल्गुनन्द वडा नम्बर १ नवमीडाँडामा आज भएको पाटीको आमसभालाई सम्वोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो । सीमाको विवाद समाधान चाँडो भन्दा चाँडो वार्ताको माध्यमबाट समाधान गर्न सरकार तत्तर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताउनुभयो । अव मंसिर १४ गते हुने उपनिर्वाचनमा लोकतन्त्रलाई वचाउन पनि काग्रेसलाई विजय गराउन आम मतदातालाई आग्रह गर्नुभयो । अहिलेको सरकार वढि निरंकुश शैलीमा चलेको बताउँदैे कार्यशैली परिवर्तन गर्न उहाँले आग्रह गर्नुभयो । यस्तै उहाँले अहिले फाल्गुनन्दमा हुने उपनिर्वाचनमा नेकपाका मन्त्री तथा सांसदहरुले नै आचार संहिता उल्लङघन गर्ने किसिमका कार्यक्रम गरिरहेको प्रति सरकारको ध्यानकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाली काग्रेस अनुशासन समिती संयोजक भिष्मराज आङदेम्बेले अव हुने उपनिर्वाचनमा उम्मेद्धवारलाई विजयी गराउन पाटीका सवै तहका नेता कार्यकर्तालाई कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा पाटीका नेता धनराज गुरुङ,रामहरी खतिवडा,बद्री पाण्डे,गुरुराज घिमिरे लगायतका नेताहरुले सभालाई सम्वोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार