भोजपुर । राष्ट्रिय युबा संघ नेपाल भोजपुरको संयोजक सन्दिप राई भएका छन् भने करण राई सहसंयोजक भएका छन् । राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाउने क्रममा राईलाई संयोजक बनाएको हो । लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक भने छनोट गरिएको छैन । दुवै जिल्ला संयोजक साविक युवा संघको भागमा परेका थिए। ती दुई जिल्लाका संयोजक पछि तोकिने जानकारी राष्ट्रिय युवा संघ नेपालका एक नेताले दिए। संघले काठमाडौं संयोजकमा साविकको वाईसीएलका तर्फबाट शिशिर तामाङलाई तोकेको छ। त्यस्तै चितवन संयोजकको जिम्मेवारी साविकको वाईसीएलतर्फकै मोदनाथ न्यौपानेले पाएका छन्। ललितपुर संयोजकमा साविकको युवा संघ नेपालका गोविन्द थापा तोकिएका छन्। त्यसैगरी मोरङ संयोजकको जिम्मेवारी साविकको युवा संघ नेपालका नीवन पौडेलले पाएका छन्। त्यस्तै कैलाली संयोजक साविकको युवा संघ नेपालका राजु बम तोकिएका छन्। ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङ कम्युनिस्ट लिग ९वाईसीएल० ले ३५ जिल्लाको अध्यक्ष लिएको छ।
त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ। युवा संघले कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने पनि निर्णय यसअघि नै गरिसकेको छ।